logo
  • शनिबार, असोज १० २०८३

ठुला मेसिनको अभावमा भँगारीको सुख्खा पहिरो हट्न सकेन


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

अनिल खत्री, गुल्मी असोज १२ ।
सड्क माथीबाट सुख्खा पहिरो झरेपछी गुल्मीको तम्घास रिडी सड्क दुई दिन देखि पुनःबन्द भएको छ । रेसुङ्गा नगरपालिका वडा नम्बर १३ स्थित भंगारीमा बुधवार साँझ पख खसेको सुख्खा पहिरोले सड्क फेरि अबरुद्ध बनेको छ ।
बिहिवार साना मेसिनबाट सड्क खुलाउन प्रयास भएपनि निरन्तर पहिरो खस्ने क्रम चलिरहेपछी ठुलो स्काभेटर आबश्यकता परेको गुल्मीका प्रमुख जिल्ला अधिकारी गोपाल अर्यालले जानकारी दिए ।
पहिरो हटाउन साना मेसिनले सक्ने भएन प्रजिअ अर्यालले भने ‘सड्क खुलाउन ठुलो स्काभेटर जेसिभी मेसिन आबश्यकता परेकोले पाल्पा सड्क डिभिजन सँग समन्वनयमा मेसिन ल्याउने तयारी छ । दशैं भित्रिएकाले मेसिन र डाइभर समेत पाउन मुस्किल परेकाले पनि तुरुन्तै सड्क खुल्ने सम्भावना छैन् ।
सोमवार बिहान देखि निरन्तर पहिरो खस्ने र सड्क बन्द हुँदै आएको सड्क पूर्ण रुपमा बन्द भएको छ । सड्क बन्द भएसँगै तम्घास देखि रिडी, पाल्पा, वुटवल, काठमाडौं लगायत अनेत्र स्थानमा पुग्ने सड्क आवत जावत बन्द भएको छ सड्क बन्द भएसँगै सदुरमुकाम तम्घास सँगै दशैं मनाउन घर फर्किएका सयौं यात्रुहरु तथा सवारी साधनहरु बाटोमै अलपत्र परेका छन् ।

केहि यात्रु बिकल्पको बाटो प्रयोग गरेर यात्रा गरेका छन् भने केहि उक्त पहिरो पैदल हिडेर गनतव्य तर्फ जाने गरेका छन् । जिल्ला ट्राफिक कार्यालयका प्रमुख डोरबहादुर थापाले सिमीचौर रिडी खज्याङ्ग सिमीचौर हुँदै तम्घासको बैकल्पी मार्ग रोज्न यात्रुहरुलाई आग्रह गरेका छन् ।

उनि एक हप्ता देखि त्यहि सुत्ने बस्ने गरि खटेका छन् । उक्त पहिरोलाई काठमाडौं जाने सड्कको एक समयमा भनिने कृष्ण भिरको संज्ञा दिईएको छ । माथीबाट पहाड भासिएपछी ठुलै पहरो सड्कमा आएर बसेको छ । डोजरले निरन्तर माटो फाल्दै छ तर त्यो भन्दा वढी माटो बगेको बगै छ ।

उक्त सड्कको १ वर्ष पहिले बिस्तार गरिएको थियो । सड्क बिस्ताको क्रममा भौगोलिक अबस्था नहेरी डोजरले कटान गर्दा अहिले ठुलो समस्या झेल्नु परेको स्थानियको गुनासो रहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend