logo
  • शुक्रबार, असोज ९ २०८३

लोक-पप गीत “लण्डन आईमा सेल्फी” सार्वजनिक


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

साझा नेटवर्क, बुटवल असोज १२ ।
केहि दिन अघि सार्बजनिक भएको लोक- पप शैलीको “लण्डन आईमा सेल्फी” गीत युट्युबमा निकै रुचाइएको छ।लण्डन आईमा सेल्फी खिचेर संगै मेला गएको, उकाली ओराली गरेको आफ्नो मायालुलाई बिर्स्योउ कि भन्ने भाव रहेको उक्त गीतमा लण्डन को लोकप्रिय लण्डन आईको सेरोफेरोमा खिचिएको छ। बेलायतमा रहेता पनि नेपाली गीत संगीतमा लागि परेका सोहन घिमिरेको उक्त गीतमा स्वर,संगीत र शब्द रहेको छ।दिपेश रेग्मीको निर्देशन र कुशल श्रेष्ठको छायांकन रहेको उक्त गीतमा विशाल ढकाल र प्रियंका रेग्मीको अभिनय छ। हाईलाइट्स नेपालको युट्युब च्यानलबाट सार्वजनिक उक्त गीत मा हेर्न सकिन्छ। घिमिरेको यस अघिको गीत तीन जुरेको डांडा,यो साँझ गीत पनि युट्युबमा निकै रुचाइएको थियो।
                                           भिडियो हेर्नुहोस 

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend