साझा नेटवर्क
महेश कार्की, कतार ।
गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको आठौ विश्वसम्मेलन तथा नयाँ नेतृत्व चयनका लागि हुने महाधिवेशनमा उपाध्यक्ष पदमा कतारबाट नरेन्द्र भाटले उम्मेदवारी दिने भएका छन् ।
२००३ देखि गैरआवासीय नेपाली संघसंघको कतारको अभियानमा सक्रिय हुँदै आएका भाट २००६ मा एनआरएनए कतारको महासचिव हुँदै २००९ एनआरएनए कतारकै अध्यक्ष जिम्मेवारी सफलतापूर्वक निभाउदै २०१३देखि २०१५ सम्मको कार्यकालका लागि गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको मध्यपुर्व संयोजकको जिम्मेवारी समेत सफलतापूर्वक निभाइसकेका छन ।
यसअघि पनि २ पटक उपाध्यक्ष पदमा उम्मेदवारी दिएपनि मध्यपूर्वबाट अन्य उम्मेदवार पनि खडा हुदा झिनो मतले भाट पराजित हुन पुगेका थिए । तर, यो पटक मध्यपूर्वबाट अहिलेसम्म उपाध्यक्ष पदमा कसैको पनि उम्मेदवारी नपर्दा तथा बलियो उम्मेदवारका रुपमा भाटनै रहेका हुदा उनले उपाध्यक्षमा पुन: उम्मेदवारी दिन लागेका हुन ।
बिगत लामो समय देखि कतारलाई कर्मथलो बनाएर सफल व्यवसायीको पहिचान बनाएका भाट विभिन्न सामाजिक कार्यमा पनि सक्रिय रुपमा लागि रहेका छ्न। यसपटक भने मध्यपूर्वका एनआरएन अगुवाहरुको साथ लिएर अघि बढन लागेको बुझिएको छ ।
एनआरएन अभियानमा पदमा रहदा होस या नरहदा आफु निरन्तर लागिरहेको बताउदै भाटले एनआरएनए आइसीसीमा मिडलइष्टको प्रतिनिधीत्वका लागि पनि आफुले उम्मेदवारी दिने सोच बनाएको बताएका छन् । ‘मध्यपूर्वको माग र आवश्यक्तालाई सम्वोधन गराउन पनि आइसीसीमा मध्यपूर्वको प्रतिनिधीत्व जरुरी छ ।
यसैका लागि मध्यपूर्वी क्षेत्रका अगुवाहरु तथा धेरै साथीहरुको सल्लाहले मैले उपाध्यक्ष पदमा उम्मेदवारी दिने मनशाय बनाएको छु’ आफ्नो उम्मेदवारी बारे संक्षिप्त प्रतिक्रिया दिदै भाटले भने ।
गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको आठौ विश्वसम्मेलन तथा महाअधिवेशन यही अक्टोबर १४ देखि १७ सम्म काठमाडौमा हुदैछ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend