साझा नेटवर्क
अनिल खत्री, गुल्मी असोज ९ ।
सड्क माथीबाट सुख्खा पहिरो झरेपछी बन्द गुल्मीको तम्घास रिडी सड्क एकतर्फी सुचारु भएको छ । रेसुङ्गा नगरपालिका वडा नम्बर १३ स्थित भंगारीमा खसेको सुख्खा पहिरोले अबरुद्ध बनेको १२ घण्टा पछी साँझाबाट सुचारु भएको हो ।
सोमवार बिहान ६ बजे खसेको सुख्खा पहिरोले अबरुद्ध कारण तम्घास देखि रिडी, पाल्पा, वुटवल, काठमाडौं लगायत अनेत्र स्थानमा पुग्ने सड्क आवत जावत बन्द भएको थियो ।
पहिरो हटाउन दुबै तिरबाट डोजर प्रयोग गरेर एक तर्फी रुपमा सड्क सुचारु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक अनुरागकुमार द्धिबेदीले जानकारी दिए । सड्क बन्द भएसँगै सदुरमुकाम तम्घास सँगै दशैं मनाउन घर फर्किएका यात्रुहरु तथा सवारी साधनहरु बाटोमै अलपत्र परेका थिए ।
पहिरो झर्ने क्रम निरन्तर रहेकाले रातको समयमा ख्याल गरेर यात्रा गर्नु पर्ने अबस्था रेसुङ्गा नगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष खुमबहादुर खत्रीले जानकारी दिए । सड्क चौडा पारेसँगै २ महिना अघि देखि उक्त सड्क माथीको जमिन भत्कीनलाई जमिन फाट्र्दै आएको थियो । जमिन फाट्दै आएपनि कसैले ध्यान पुगेको थिएन ।
रातको समयमा जोखिमलाई ख्याल राखेर आवत जावत गर्न जिल्ला ट्राफिक कार्यालय गुल्मीका जवान भरत गुरुङ्गले जानकारी दिए । सड्क माथीबाट थप सुख्खा पहिरो खस्न सक्ने भएकाले यात्रा गर्दा ख्याल गर्नु पर्ने अबस्था रहेको गुरुङ्गको भनाई छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend