logo
  • शनिबार, असोज १० २०८३

गुल्मीको सिमीचौरमा ७ सय वढी घरेलु मदिरा बरामत


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

अनिल खत्री,गुल्मी असोज ९।
गुल्मीमा प्रहरीले ठुलो परिमाणमा अबैध घरेलु मदिरा बरामत गरेको छ । प्रहरी टोलीले गुल्मी रेसुङ्गा नगरपालीका वडा नं.१० सिमीचौर बाट ७ सय २० लिटर अबैध घरेलु मदिरा बरामद गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक अनुरागकुमार द्धिबेदीले जानकारी दिए । बरामत गरिएको घरेलु मदिरा र मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ समेत बरामत पश्चात नष्ट गरेको प्रहरीले जनाएको छ। घरेलु मदिरा उत्पादन, सेवन र बिक्री वितरणले समाजमा विभिन्न विकृती र बिसंगती फैलिरहेको भन्दै प्रहरीले घरेलु मदिरा बिक्री तथा उत्पादनमा कढाई गरेको छ। घरेलु मदिराको कारण थुप्रै घरेलु हिंसा, अपराध, चोरी डकैती र बलात्कार जस्ता घटना बढ्दै जाने भन्दै प्रहरीले निन्त्रणमा कढाई गरेको उपरिक्षक द्धिबेदीले जानकारी दिए ।चाडपर्वको समयमा झनै मदिरा सेवनबाट बिभिन्न घटनाहरु वढनेहुँनाले पनि थप निगरानी वढाईएको प्रहरीले जनाएको छ । प्रहरीले सदरमुकाम सँगै ग्रामीण भेगका बस्तीहरुमा पनि अभियानलाई तिब्र पारेर लैजाने जनाएको छ । समाजमा धेरै जसो घटना हेर्ने हो भने पनि अधिकाँश घटना घरेलु मदिराकै कारण भएको भेटिन्छ ।

चाडपर्वलाई मध्य नजर राखेर गुल्मी प्रहरीले गुल्मीमा सुरक्षा व्यवस्थालाई थप बढाई गरेको छ। चाडपर्व मनाउन गाउँ फर्किनेहरुको सहजताको लागी प्रहरीले सदरमुकाम स्थित वस पार्कमा नागरिक सहायत कक्ष स्थापना गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend