साझा नेटवर्क
देबेन्द्र केसी,नयाँ दिल्ली ।
भारतमा कार्यरत भुर्तुड्गेली हरुलाई संगठित गर्ने ध्येय ले स्थापना भएको गुल्मी-भुर्तुङ्ग सम्पर्क समिति (भारत) का संस्थापक सल्लाहकार तथा नेकपा ऐमालेको भातृ संगठन प्रवासी नेपाली संघका दिल्ली समितिका नेता ६३ बर्षिय रेशम शाहको आज ०८,असोज का दिन रुपन्देही,बक्सरडाँडा बाट गुल्मी स्थित घर जादै गरेको अवस्थामा बाटैमा निधन भएको छ।
रुपन्देहीबाट छिमेकी को मलामी भएर पाल्पाको राम्दी गएका शाह राम्दी बाट हिजो पुर्तिघाट जाने गाडीमा पुर्तिघाट गएर बास बसेका थिए।
आज बिहान पुर्तिघाटबाट भुर्तुङ्ग स्थित घर हिडेका शाह आज बिहान तल्लो कोर्याङ्ग को खमारी पाटामा मृत भेटिएका हुन ।
“हार्ट अट्याक” का कारण निजको मृत्यु भएको समिति अध्यक्ष टिका बहादुर कार्की ले श्रोत लाई उद्धित गर्दै जानकारी दिनुभएको छ। मान बहादुर शाहका ज्येष्ठ सुपुत्र रेशम शाहका दुई छोरा र एक छोरी रहेका छन । नयाँ दिल्ली स्थित बिबिसी हिन्दी को मुख्यालय मा सुरक्षा निरिक्षक को रुपमा कार्यरत शाह दशै बिदामा नेपाल गएका थिए। उनी मृत भेटिएको ठाँउ घर देखी अन्दाजी २किमी टाढा पर्दछ ।
पुर्तिघाटबाट छापचौर सम्म गाडी जाने भएपनि आफु पैदलै जाने भन्दै पुर्तिघाट बाट सखारै हिडेका थिए । “समितिले एक असल समाजसेवी लाई गुमाएको छ ।हरेक पलमा सहयात्री बनेर साथ दिनु भएका आदाणिय अभिवावक लाई समितिले गुमाउदा असिम पिडा बोध भएको छ” घटना बारे जानकारी दिदै समिति अध्यक्ष टिका बहादुर कार्की ले भन्नुभयो ।
“हाल रुपन्देही जिल्ला को बक्सर डाँडामा बसाईसराई गरेपनि उहाँ हरपल भुर्तुङ्ग लाई मनमस्तिस्कमा लिएर हिड्ने असल समाजसेवी हुनुन्थ्यो ।एउटा असल छोरालाई भुर्तुङ्गेली धर्तीले गुमाएको छ” समिति उपाध्क्ष शितल शाहले भन्नुभयो ।भुर्तुङ्गको हरेक दुखसुखमा साथ दिएका शाह बिगत केही समय देखी आन्तरिक बिमारी बाट पिडित थिए ।
सम्भवत बिमारी कै कारणले हार्ट अट्याक भएको हुन सक्ने ठम्याई आफन्तजनको छ र लासको पोस्टमार्टमको लागि अहिले खैरेनी स्थित अस्पताल लगिएको जानकारी श्रोतले दिएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend