logo
  • शनिबार, असोज १० २०८३

पहिलो पटक ,बिरामीको यातायात खर्च गाउँपालिकाले बेहोर्ने


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

हुमाकान्त पोखरेल, गुल्मी असोज ९ ।
धुर्कोट गाउँपालिकाको बैठक सम्पन्न भएको छ । बैठकले विभिन्न महत्वपूर्ण तथा जनपक्षिय निर्णहरु गरेको छ।

गाउँपालिकाले विभिन्न रोगका कारण उपचारमा समस्या भएका गाउँपालिकाभित्रका सबैलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । मधुमेह, बे्रेन ट्युमर,अल्जाईमर, क्यान्सर, मृगौलाको उपचार जस्ता जटिल किसिमका रोगहरु लागेमा त्यसको उपचारका लागि यातायात खर्चस्वरुप पाचँ हजार रुपैँया उपलब्ध गराईने गाउँपालिकाले जनाएको छ।

विपत् ब्यवस्थापन संचालन कोष

गाउँपालिकाको बैठकले विपत् ब्यवस्थापन संचालन कार्यविधि कोष कार्यविधिलाई पास गरेको छ। कार्यविधिमा कुनै पनि प्राकृतिक प्रकोपका कारणले कसैको ज्यान गएमा मृतकको परिवारलाई क्रियाखर्चस्वरुप २५ हजार, पूर्णरुपमा घर क्षति भएमा १० हजार,आशिंक क्षति भएमा पाचँ हजार र गोठ भत्किएमा दुई हजार रुपैँया आर्थिक सहयोग दिने रहेका छन्। त्यसैगरि घाइतेको उपचारका लागि गाउँपालिकाबाट दुई हजार उपलब्ध गराइने पनि कार्यविधिमा समावेश भएको छ।

गाउँपालिकाभित्र आइपर्ने विभिन्न विपत् ब्यवस्थापनको लागि आवश्यक सामाग्री स्टोर गरी राख्ने पनि निर्णय गरिएको छ । जसका लागि बैठकले गाउँप्रमुख भुपाल पोखरेलको संयोजकत्वमा नै सदस्यिय ‘विपद् ब्यवस्थापन संचालन कोष समिति’ को समेत गठन गरेको छ ।

सहिदको नाममा बर्ष पुरस्कारको स्थापना

धुर्कोट गाउँपालिकाको बैठकले विभिन्न चार विधामा उत्कृष्ठ बर्ष पुरस्कार दिने निर्णय गरेको छ । ५० हजार राशिको ‘शहिद शमशेर बहादुर खत्री बर्ष पुरस्कार’ को स्थापना गरिएको छ । जसमा एक बर्षमा राजनीतिक, सामाजिक, साँस्कृतिक तथा आर्थिक रुपमा योगदान दिएका ब्यक्तिलाई सम्मान गरिने गाउँपालिकाका कार्यकारी अधिकृत होमनाथ काफ्लले बताए ।

२५ हजार राशिको ‘शहिद खिमविक्रम नेपाली शैक्षिक बर्ष पुरस्कार’ को स्थापना गरिएको छ । यसबाट गाउँपालिकाभित्रको उत्कृष्ठ एक शिक्षण सस्थाँ पुरस्कृत हनेछ । त्यसैगरि १५ हजार राशिको ‘शहिद जेदुराम भण्डारी उत्कृष्ठ कृषी बर्ष पुरस्कार’ को स्थापना गरिएको छ । यसबाट गाउँपालिकाभित्रका एकजना उत्कृष्ठ किसानलाई पुरस्कृत गरिने गाउँपालिकाले जनाएको छ । र १५ हजार राशिको ‘शहिद विष्णु बस्नेत पशुपालक उत्कृष्ठ किसान बर्ष पुरस्कार’ को स्थापना गरिएको छ ।

यसबाट एकजना उत्कृष्ठ पशुपालक किसान सम्मानीति हुने कार्यकारी अधिकृत काफ्लले जानकारी दिए । यसरी स्थापना भएका उत्कृष्ठ बर्ष पुरस्कार प्रत्येक बर्षको जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा वितरण गर्ने काफ्लले बताए ।

दसैँमेलालाई आर्थिक सहयोग

हिन्दु नेपालीहरुको महान चार्ड दसैँमा धुर्कोट गाउँपालिकाभित्र हुने सराय नाचँको संरक्षणका लागि गाउँपालिकाले आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । ७ वटै वडामा रहेका १७ वटा मन्दिर तथा सराय नाँच मेला आयोजकलाई ५÷५ हजारका दरले आर्थिक सहयोग गर्ने जनाएको छ । तर गाउँपालिकाभित्र विशेष महत्व बोकेका धुर्कोट कोट र ४ नम्बर वडामा रहेको कुमारीदेवी मन्दिरलाई भने १०÷१० हजार उपलब्ध गराइने गाउँपालिका उपाध्यक्ष शिव बहादुर खत्रीले बताए । धुर्कोट गाउँपालिकामा १७ स्थानमा दसैँ सराय नाचँ मेला लाग्ने गर्दछ ।

त्यसैगरि गाउँपालिकाभित्रका सम्पुर्ण महिला स्वास्थ्य स्वयम् सेवीकाहरुलाई बार्षिक तिन हजार छ सयका दरले यातायात खर्च उपलब्ध गराउने निर्णय पनि गाउँपालिका बैठकले गरेको उपाध्यक्ष खत्रीले बताए ।
जिल्लामै पहिलो पटक कटुवाललाई तलबक।े ब्यवस्था गुल्मीमै पहिलो पटक धुर्कोट गाउँपालिकाले गाउँपाभित्रका सम्पुर्ण कटुवालहरुलाई बार्षिक तलबको ब्यवस्था गरेको छ । गाउँपालिकभित्र रहेका १९ जना कटुवालहरुलाई बार्षिक तिन हजार छ सय तलब दिइने गाउँपालिका प्रमुख भुपाल पोखरेलले बताए । गाउँमा पुरानो सञ्चार माध्यम कटुवाल प्रथा पछाडि परेको भन्दै तिनको संरक्षणको लागि बार्षिक तलबको ब्यवस्था गरिएको गाउँपालिका प्रमुख पोखरेलले बताए । त्यसका साथै कटुवाललाई एउटा हाते माइक समेत उपलब्ध गराइने गाउँपालिकाले जनाएको छ ।
धु
र्कोट गाउँपालिकामा अहिले वार्ड नम्बर १ नयाँगाउँमा २ जना, वार्ड नम्बर २ पिपलधारामा ३ जना, वार्ड नम्बर ३ हाडहाडेमा ४ जना, वार्ड नम्बर ४ जैसिथोकमा २ जना, वार्ड नम्बर ५ वस्तुमा २ जना, वार्ड नम्बर ६ धुर्कोट रजस्थलमा ३ जना र वार्ड नम्बर ७ वाग्लामा ३ जना कटुवाललाई गाउँपालिकाले नियुक्ति पत्र दिएको छ ।
कर्मचारी हेरफेर र कामको जिम्मेवारी

धुर्कोट गाउँपालिकाको योजना तथा राजस्व शाखा वार्ड नम्बर ४ जैसिथोकमा स्थापना गरिने भएको छ । जसमा हालका जैसिथोकका वडा सचिवलाई उक्त शाखाको प्रमुख र वार्ड नम्बर ६ रजस्थलका वडासचिव कुल प्रसाद भण्डारीलाई रजस्थल र जैसिथोक दुवै वडाको जिम्बेवारी दिइएको छ ।

त्यस्तै वार्ड नम्बर २ पिपलधाराका सचिव इश्वरी भण्डारीलाई वडा र गाउँपालिकाको प्रशासन शाखा प्रमुखको जिम्मेवेवारी दिने निर्णय गरिएको सामाजिक विकास समिति संयोजक मान बहादुर कुँवरले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend