logo
  • शनिबार, असोज १० २०८३

विपन्नलाई घर बनाई दिने चन्द्र भण्डारीको स्वागत


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

प्रेम सुनार,गुल्मी असोज ९।
आईतबार पत्रकार सम्मेलन गरी गुल्मीका विभिन्न स्थानमा रहेका विपन्न वोटे माझी समृुदायकालाई तिन सय वटा घर बनाई दिने घोषणको सर्वत्र स्वागत गरिएको छ।

सदमुकाम तम्घासमा पत्रकारहरुसँग दशैं तिहारको शुभकामना आदानप्रदान कार्यक्रममा नेता भण्डारीले गुल्मी जिल्लाका विभिन्न स्थानमा रहेका भोटे माझी अल्पसंख्यक समुदायहरुको लागि दशैं तिहारको उपलक्ष्यमा घर बनाइदिने घोषणा गरेका हुन् ।

गुल्मी क्षेत्र नं २ का सांसद समेत रहेका नेता भण्डारीले सीमान्तकृत विपन्न समुदायका कुमाल,दलित र बोटे माझी बस्तीहरुलाई ३०० घर निर्माण कार्य थालनी गरेको जानकारी दिए । बम्घा, चोरकाटे, हुँगा, रुपाकोट, बलिथुम, बामी टक्सार मुसिकोट लगायतका स्थानमा रहेका सीमान्तकृत विपन्न समुदाय अन्तर्गत कुमाल,दलित र बोटे माझीहरुको यो दशैको उपहार स्वरुप घर निर्माणको कार्य थालनी गरिएको नेता भण्डारीले बताए ।

कांग्रेस नेता भण्डारीले बम्घा र बलिथुममा रहेका सीमान्तकृत बस्तीहरुमा १५० घर निर्माणको कार्य तीव्र गतिमा भइरहेको र अब थप ३०० घर निर्माणको कार्य अगाडि बढेको बताए । भण्डारीले गत वर्ष जस्तै यसवर्षको बडादँशै बलिथुममा रहेका सीमान्तकृत बोटे माझी समुदायहरुसँग मनाउने समेत बताए। बोटे माझी समुदायहरुसँग दशैं मनाउँदै केहि विद्यार्थीहरुको लागि उपहार पनि प्रदान गर्ने बताए ।

स्मरण रहोस २०६४ को निर्वाचन पछि वोटेमाझी ,कुमाल र गन्र्धव लगायतका सिमान्तकृत विपन्नहरुलाई जनता आवास कार्यक्रममा मार्फत घर बनाई दिने कार्यको सुरुवात भने पुर्व सभासद तथा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य सुदर्शन वरालले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend