logo
  • शनिबार, असोज १० २०८३

एकै दिनमा तिन स्थानमा दुर्घटना, ५ गुल्मेलीको मृत्यु 


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

प्रेम सुनार, गुल्मी असोज ९ ।
असोज ७ गते शनिवारको दिन गुल्मीका लागि कालो दिन जस्तै बनेको छ । विहान पाल्पाको शिद्धवावामा पहिरोले गाडी पुरेर २ जना गुल्मेलीको मृत्यु भएको थियो भने अपरान्ह दुविचौरमा जिप दुर्घटना हुंदा एक जना र सांझ पख वाग्लुङ्घको वरेङमा भएको अर्को जिप दुर्घटनामा पनि दुवै जना गुुल्मेली भएको खुलेको छ ।

वरेङ गाउंपालिका २ पेरिसडांडामा जिप दुर्घटनामा मृत्यु भएका दुई जना प्रहरी जवान गुल्मीका नागरिक भएको खुलेको हो । सदरमुकाम बागलुङ बजारबाट बाटाकाचौरतर्फ जाँदै गरेको ग १ ज १३४ नम्बरको जिप दुर्घटना हुँदा गुल्मीको अग्लुङ ३ घर भएका प्रहरी हबल्दार खिमबहादुर विष्ट र हाडहाडे ४ का प्रहरी जवान ढालबहादुर श्रीषको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पन्ध्र जना सवार उक्त जिप सडकबाट करिब २०० मिटर तल खसेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक चन्द्रकुवेर खापुङले बताए ।दुर्घटनामा परी घाइते भएका अन्य १३ जनालाई थप उपचारको लागि धवलागिरि अञ्चल अस्पतालमा ल्याइएको छ ।

दुर्घटनामा ज्यान गुमाएका प्रहरी हवल्दार विष्ट इप्रका बरेङ र प्रहरी जवान श्रीष इप्रका बाटाकाचौरमा कार्यरत थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend