साझा नेटवर्क
विजय थापा ।
अमेरिकाको क्यालिफोर्नियामा बस्दै आएकी यूवा कलाकार निक्की कार्की यौन उत्पीडनको शिकारमा परेकी छिन् । २० बर्षिय किशोरी निक्की कार्कीलाई नेपालीले यौन दुर्व्यवहारको प्रयास गरेका छन् ।
नर्थ क्यारोलिनाका सुशील नेपाल नामक व्यक्तिले किशोर अवस्थाकि एक कलाकारलाई प्रस्तुति गर्न क्याली फोर्नियाबाट नर्थ क्यारोलिना आउदा हौशला र प्रोत्साहन गर्नुको सट्टा कुदृष्टि राखी यौन दुर्व्यवहारको प्रयास गरेका छन् ।
उक्त घटना गत सेप्टेम्बर १ देखि ३ सम्म नर्थ क्यारोलिनाको सार्लोट सहरमा आयोजित नासा-अन्माको संयुक्त सम्मेलनको अन्तिम दिनको सांगीतिक कार्यक्रममा सहभागी हुन आएकी युवा गायीका निक्की कार्की माथि यौन दुर्व्यहार भएको हो ।
पिडित कार्कीले संस्था कै तर्फबाट आफुले न्याय पाऊ र कारवाहीको माग गर्दै नासा-अन्माको संयुक्त सम्मेलनमा आयोजकलाई कुरा राखेको उनले भिडियो (श्रब्य दृश्य )मार्फत बताएकी छिन् । घटना गतेको करिब २ हप्ता बितिसक्दा पनि सो घटनाका आरोपीलाई कुनै सार्वजिक तथा संस्थागत कारवाही नगरिनुले घटनालाई लुकाउन खोजेको महसुस गरि उनले आफ्ना कुराहरु प्रत्यक्ष प्रसारण मार्फत भनेकी छिन् ।
उनले सबै संग सल्लाह र सुझाव मागेकी छिन् । यत्रो दिन सम्म आफुले पर्खेको र आफुले संस्थाबाट नै कुनै ठोस निर्णय नदिएकोले आफुले सार्बजनिक रुपमा आफु माथि घटेको कुरा स्पष्ट संग उजागार गरेकी छिन् ।
उनले गत सेप्टेम्बर २१ तारिखका दिन उनले सामाजिक संजाल फेसबुक (मुहार पुस्तिका )मार्फत आफु पिडित भएको र पिडामा डुबेको बताएकी छिन् । आयोजक संस्था भित्र कै सुशील नेपालले गायीका कार्की माथि पटक पटक यौन दुर्व्यवहार गर्न खोजेका थिए ।
सुशील नेपाल को नियति माथि शंका र उपशंका ? कुदृष्टि राख्दै कस्ता कस्ता बहाना गरे र के के भने ?
पहिलो: नेपालले कार्यक्रमको दिन बिहान ५ बजे विमानस्थलमा गायीका कार्कीलाई आफ्नो निजि गाडीमा लिन गएका थिए । तर उनले गायिका कार्कीलाई कसैले सोधेमा उबर(ट्याक्सी)मा आएको भन्नु, म लिन आएको नभन्नु भनेका थिए । कार्कीले त्यो शब्द सुने पछि ज्यादै पिडामा परेको भिडियोमा उल्लेख गरेकी छिन् ।
दोश्रो: नेपालले पाहुना घरमा पुगी सकेपछि अहिले अतिथि गृहमा कोठा लिन नमिल्ने र आफ्नो कोठामा सपरिवार रहेको बताएका थिए । तर निक्की कोठामा पुगेपछि कोहि नभएको र निज व्यक्तिले एकै ओछ्यानमा सुत्न भनेको कुरा उनले बताएकी छिन । र बीचमा सिरानी राखेको देख्दा योजना रहेको उनलाई लागेको भिडियोमा पनि जनाएकी छिन् ।
उनि नेपालले भौतिक रुपमा केहि गर्छ भन्ने जस्तो लागेर केहि गर्यो भने प्रहरीलाई बोलाउछु भनि आफ्नो संचार माध्यम फोन (भ्रमण ध्वनि ) तयार रहेको उनले भिडियोमा पनि बताएकी छिन् ।
तेश्रो: कलाकार निक्कीले आफ्नो कार्यक्रम सकेपछि नेपाल आएर बियर (जौ मदिरा) खान आफ्नो कोठामा आग्रह गर्दा आफु कहिले पनि जौ मदिरा खादिन भनेको समेतले नेपालको नियत प्रष्ट भएको बुझिन्छ । अमेरिकामा २१ बर्षदेखि मात्र मध्यपान गर्न पाइने कानुन छ । तर उनले कोठामा गएर संगै पिउने नियत माथि अझ शंका उपशंका उब्जिएको छ ।
चौथो: कलाकार निक्किले गीत गाएपछि कार्यक्रम सकिए पछि आफ्नो कोठामा उनको परिश्रम वापत चेक (धनादेश) लिन आउन भनेको र आफुलाई अत्यन्त डर र असुरक्षित महसुस भएकोले सम्पूर्ण घटनाको जानकारी कार्यक्रम मै भेट हुनु भएकी एक महिला मार्फत आफ्नो पिडा सार्वजनिक गरेको कुरा बताएकी छिन ।
त्यति मात्र नभई प्रहरीलाई समेत गुहार मागेको निक्कीले बताएकी छिन् । प्रहरीले कुनै भौतिक क्षति नपुर्याएको र भौतिक आक्रमण तथा स्पर्श नगरेको हुनाले संस्थागत प्रक्रियाबाट नै आउनु भनेकोले अन्तिम निर्णय संस्थाबाट आउने अपेक्षामा रहेको थिए । तर नआएकोले कुरा राखेको भिडियोमा उल्लेख छ ।
स्थापना कालदेखि अमेरिका कै सबै भन्दा राम्रो र कहिले विवाद नआउने, राजनीतिको गन्ध नआउने नेपालीहरुको संस्था नासा-अन्मा पनि विवादमा त्यसै तानिने भएको छ । संस्थाले निर्णय ढिलो गरि दिएको हुनाले कलाकार निक्किले बाध्य भै सार्बजनिक गरेकी हुन् ।
बिदेशमा नेपालीले नेपाली माथि त्यसमा पनि एउटा किशोरी यौन दुर्ब्यबहारको शिकारमा पर्नु यो जस्तो दुर्भाग्य केहि हुन् सक्दैन । कलाकारहरु राष्ट्रका गहना र सम्पत्ति हुन् भन्ने कुरा केवल फोश्रो नारा मात्रमा सिमित रहनेछ कि भन्ने यो घटनाले देखाएको छ।
मानवीय नाता, नारी संवेदना, नेपाली आस्था र गौरव सबै गैरआवासीय नेपालीहरुको उद्धेश्यसंग जोडिएकोले यस्ता निन्दनीय घटना नहुन हामी सचेत हुन् जरुरि छ । महिलाहरुको अस्मितामा खेलवाड गर्ने कोहि पनि व्यक्ति कानुन बाट उम्कन नपाउन ।
यी किशोरी युवा गायिका निक्की कार्की को यो भिडियो हेरौ :
https://www.facebook.com/nickykarkii/videos/1535158046541021/
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend