logo
  • शनिबार, भाद्र २० २०८३

गैरआवसीय नेपाली संघको अध्यक्ष पदमा टि.बी कार्कीले उम्मेद्धवारी दिदै


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

साझा नेटवर्क, दोहा ।
गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको अगामी कार्यकाल(२०१७–०१९) का लागी अध्यक्ष पदमा टि.बि. कार्कीले आफ्नो उम्मेदवारी दिने भएका छन् ।

गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको छैठौं विश्व सम्मेलनबाट उपाध्यक्ष पदको जिम्मेवारी पुरा गरीसकेका कार्कीले सातौ अधिबेशनमा अध्यक्षको प्रत्याहासी समेत रहेका थिए । आउदै गरेको आठौ विश्व विश्व सम्मेलनको तयारी तिब्र गतिमा अगाडि बढीरहेको बेला विभिन्न पदका आकांछीहरुले उम्मेदवारी घोषणा भई रहदा कार्की अध्यक्ष पदमा उम्मेदवारी दिने तयारीमा जुटेका छन् ।

एनआरएनएको अभियानमा निरन्तर सक्रिय रहदै आएका कार्की सन् २००६ मा एनआरएनएएनसीसी कतारको कार्यसमिती सदस्य हुदै २००७ देखि२००९ मा आइसीसी सदस्य हुदै चौथो महाधिवेशन (२००९–२०११) को कार्यकालमा सक्रिय रुपमा अगाडि बढ्दै पाँचौ विश्व सम्मेलनमा(२०११–२०१३)मा सचिव पदमा रहि अझ शसक्त रुपमा विश्वभर रहेका गैरआवसीय नेपालीहरु बिच आफु लाई स्थापित गराएका थिए ।

(२०१३–२०१५)को छैठौं विश्व सम्मेलनमा उपाध्यक्षमा पदमा विजयी सगै एनआरएनए लाई सस्थागत र मर्यादित मनाउन निरन्तर रुपमा सक्रिय रहदै आएका थिए । हाल सल्लाहकारको भुमिकामा रहेका छन् । अघिल्लो सातौ महाधिबेशनमा हालका अध्यक्ष शेष घले सगँ प्रतिस्पर्धामा रहेका कार्की लाई यस पटक भने उनै घले निकट बाट सर्मथन गर्ने देखिएको छ ।

सस्थापक अध्यक्ष उपेन्द्र महत्तो पुर्व अध्यक्ष जिबा लामिछाने लगायत एनआरएनका अग्रजहरु सग नजिकको सम्बन्ध रहेका कार्की लाई सर्बसम्मत नेत्तृत्व प्रदान गर्न शिर्ष तहमा समेत चर्चा रहको छ । सस्थाका उपाध्यक्ष कुमार पन्त लगायतका पदाधिकारीहरु समेत कार्की को पक्षमा रहने हुदाँ उनको उम्मेदवारी अर्थपुर्ण रुपमा हेरिएको छ ।

पदिय दाउपेचमा अधिबेशनमा देखिने गुट उपगुटले सस्था लाई स्तरउन्नोति र विकाश हुन नसक्ने भन्दै एनआरएनका अभियान्ताहरु समेत चिन्ता पैदा गर्दै आइरहेका छन् । मध्यपुर्वमा रहेका एनआरएनहरु समेत एकता र सहकार्यतामा जोड दिदै नेत्तृत्वमा मध्यपुर्वले पाउनु पर्ने भन्दै आवाज उठाइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend