logo
  • शनिबार, असोज १० २०८३

बडिगाड गाउँपालिकामा डोजर प्रयोगको अधिकतम रेट तय


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

कमल पौडेल, बागलुङ असोज ७ ।
बडिगाड गाउँकार्यपालिका को वैठक ग्वालीचौरमा हालै सम्पन्न भएको छ। वैठकले गाउँगाउँमा सडक पूर्वाधार निर्माण भैरहेको सन्दर्भमा स्काभेटर तथा डोजरको अधिकतम भाडा तय गरेको छ।

जस अन्तर्गत चेन सहितका ठूला डोजर तथा स्काभेटरको प्रतिघण्टा वकेटको लागी अधिकतम ५५ सय र ब्रेकरको लागी ६५ सय, सानो टायर सहितको स्काभेटरको अधिकतम प्रतिघण्टा २८ सय कायम गरेको छ।

सो मुल्य भन्दा माथिको विल पास नगर्ने निर्णय गरेको छ। बैठक पालिका अध्यक्ष मेयर सिंह पाइजाको अध्यक्षता तथा कार्यकारी अधिकृत दुर्गा पौडेलको संचालनमा सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend