logo
  • शनिबार, असोज १० २०८३

बाग्लुङको बडिगाड गाउँपालिका ६ मा मदिरा नियन्त्रण गरिने


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

कमल पौडेल, बागलुङ असोज ७ ।
बडिगाड गाउँपालिका वडा नं. २ खर्वाङमा वडा नं. २ स्तरीय रिङरोड निर्माणको लागी उपभोक्त समितिको गठन भएको छ। शुक्रवार जिल्ला समन्वय समितिको सभाहल खर्वाङमा भएको उपभोक्ताहरुको भेलाबाट सक्न्यार सिख्रेदमार सिमलचौर मोटरवाटोको अध्यक्षमा ढालेन्द्र शेरचन, उपाध्यक्षमा मन वहादुर थापा, सचिवमा प्रेम अर्याल, सहसचिवमा जिवन थापा, कोषाध्यक्षमा विष्णुमाया अर्याल लगाएत निर्वाचित हुन भएको छ।

त्यस्तै भेलावाट कृषि समन्वय समितिको पनि गठन गरिएको छ। जसको अध्यक्षमा मेघनाथ खरेल, उपाध्यक्षमा धनमाया पोखरेल, सचिवमा शेर वहादुर श्रीस, सहसचिवमा धनुराम पौडेल, र कोषाध्यक्षमा टोप वहादुर भुजेल लगाएत रहनुभएको छ।

टोल सुधार तथा शुरक्षा समितिको अध्यक्षमा कार्यवाहक वडा अध्यक्ष हिमा खरेल, उपाध्यक्षमा मन वहादुर थापा, सचिवमा टेक वहादुर भुजेल लगाएत रहनुभएको छ। त्यस्तै बडिगाड गाउँपालिकाको वडा नं. ६ मा पनि टोल सुधार तथा सुरक्षा समितिको गठन गरिएको छ।

इलाका प्रहरी कार्यालय भिमगिठेको सक्रियतामा गठित सो समितिले अवैध मदिरा नियन्त्रण गर्ने, खोरखोरे जुवा तास लगाएतका खेल नियन्त्रण गर्ने, वेलुका ८ वजे भित्र होटल तथा पसल वन्द गर्ने निर्णय गरेको छ।

वडा नं. ६ का वडा अध्यक्ष मौसमकाजि खत्रि, प्रहरी नायव निरिक्षक भोज वहादुर वानिया लगाएतको सहभागिता रहेको सो भेलाले प्रेम वहादुर केसि संयोजक तथा टोप वहादुर माखिम उपसंयोजक रहेको २१ सदस्यिय समितिको गठन गरेको हो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend