साझा नेटवर्क
अनिल खत्री, गुल्मी असोज ७ ।
शनिवार अपरान्त तिर गुल्मीमा अर्को जिप दूर्घटना हुँदा एक जनाको ज्यान गएको छ । यसरी ज्यान जानेमा रेसुंगा नगरपालीका ३ निवासी ३६ वर्षीय बावुराम पन्थी रहेका छन् ।
गुल्मीको भेडुवाबाट तम्घास आउँदै गरेको बा ११ च ८८०३ नम्बरको बोलेरो जिप रेसुङ्गा नगरपालिका १३ स्थित भंगारी भन्ने स्थानमा दूर्घटना भएको जिल्ला प्रहरि कार्यालय गुल्मीका प्रहरी उपरिक्षक अनुराकुमार द्धिबेदीले जानकारी दिए ।
दुर्घटनामा परि जिपका चालका इस्मा गाउँपालिका २ निवासि ३४ वर्षीय डम्मर कुवँर घाईते भएका छन् । घाईते चालकको जिल्ला अस्पताल तम्घासमा उपचार भइरहेको छ । गाडीमा दुइ जना मात्रै सवार रहेका थिए ।
घटना स्थलमा जिल्ला प्रहरि कार्यालय गुल्मी र शसस्त्र प्रहरिले उद्धार गरेको शसस्त्र प्रहरी वल गुल्मका गुल्मपती प्रेम प्रकाश सिग्देलले जानकारी दिए । दूर्घटना भएको उक्त जिप सड्कबाट करिव ३ सय मिटर भन्दा तल खसेको प्रहरीले जनाएको छ ।
यसैबिच हिजो मात्रै तम्घासबाट धुर्कोट गाउँपालिकाको जैसीथोक जाँदै गरेको लु १ च ८८५७ नम्बरको रातो नम्बर प्लेटको जीप रेसुंगा नपा २ मा दुर्घटना हुँदा ८ जना घाइते भएका थिए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend