logo
  • शुक्रबार, साउन ८ २०८३

उमेश घर्ती मगरको उत्कृष्ट लय शब्दमा “आउदैनौ र प्रदेशी” सार्वजनिक


  • साझा नेटवर्क
  • शुक्रबार, साउन ८ २०८३

चोम बिष्ट, कतार ।
उमेश घर्ती आफ्नो जन्मभुमि देश अनि आफ्नै गाउँ घरको सेरोफेरोमा नभएर पनि स्वदेश देखि धेरै टाढा खाडिमुलुक मरुभूमि बगर कतार बाट आउदै गरेको शुभ बडा दसैं तथा शुभ दिपावलीको शुभकामना सहित संगम डिजिटल प्रालीको प्रस्तुतिमा उमेश घर्ती मगरको दोस्रो एल्बम दसै तिहार गित असोज २गते देखि बजारमा सार्बजनिक गरिएको छ।

जस गितको बोल रहेको छ आउदैनौ र प्रदेशी भन्ने गितको शब्दमा रचना गरिएको गितले सबैको मन छोएको पाइन्छ। किनकी प्रदेशीको मन भएर पनि घरमा जान पाएको हुदैन भने अर्को तर्फ घरमा रहेका आफन्तले पनि बोलाइ रहदा पनि भनेको समयमा घर फर्किन सकेको हुदैन।

त्यस्तै प्रदेशीको मन त जब चाडपर्व नजिकिदै गर्छ अनि मनमा निराशता छाउदा चाडपर्व संगै मनाउन नपाउदा घरमा ती साना नाबालक छोराछोरीले बोलाइ रहेको हुदा अनि आफू जन्मेको गाउँ ठाउँमा हिडडुल लडिबुटी खेलेको सम्झणा आउदा झनै मन रोइरहेको हुन्छ।

हरेक प्रदेशीको घर परिवारमा त्यस्तै त्यस्तै भावलाई समेटिएको यो गितको कर्णपि्रय आवाजमा गायक सागर बिरही र गायिका फुलु मगर ले गाउनु भएको छ।

यस गितको एरेन्ज सागर बिरहीले नै गर्नु भएको छ । त्यस्तै अभिनयमा बिरही बस्याल र देवा मगर रहेको यस गितको भिडियो निर्देशनमा विक्रम चौहान,छायांकनमा प्रकाश खड्का,सम्पादनमा राजेश कुमार र प्रकाश एस के रहेका छन।

त्यस्तै बजारमा व्यवस्थापनमा संगम डिजिटल प्रालीले गरेको छ।भने दृश्य निर्माणमा बि स्ट्रार फिल्मसले गरेको छ। साथै घर्तीको अर्को एल्बम जुनकीरी पनि केहि समयपछि छिटै बजारमा आउने पनि बताएका छन।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend