साझा नेटवर्क
साझा नेटवर्क, कतार ।
नेपाल आइडलका टप १२ प्रतिस्पर्धीहरु ग्रान्ड फिनालेका लागि मंगलबार कतार आईपुगेका छ्न । यहि आउदो सेप्टेम्बर २२ तारीख शुक्रबारका दिन सम्पन्न हुन गैरहेको ग्रान्ड फिनालेका लागि नेपाल आइडल प्रतिस्पर्धी तीन जना अन्य कलाकार लगायत टप १२ सम्म पुग्न सफल कलाकार कतार आईपुगेका हुन ।
आईडलका १२ प्रतिस्पर्धीहरुमा निशान भट्टराई, बुद्ध लामा, प्रताप दास, सागर आले, सुजता पाण्डे, सुरज थापा, विल्सन श्रेष्ठ, मेनुका पौडेल, केन्जल मेयर श्रेष्ठ, प्रमिला राइ, सन्ध्या जोशी, राहुल विश्वाश मंगलबार कतार आईपुगेका हुन ।
गत हप्ता नै आइडलका निर्देशक लक्ष्मण पौडेल सहित प्राबिधिक टोली कतार आईसकेको छ । कतार आए सँगै प्राबिधिक टोलीले आफ्नो कार्यलाई तीव्र रुपले अगाडी बढाईरहेको छ । उक्त टोलीले ग्राण्ड फिनालेमा आवस्यक पर्ने सामाग्रीको बन्दोबस्ती गर्दै स्टेज, लाईट, साउण्ड सिस्टम लगायतको कार्य गरीरहेको छ । ग्राण्ड फिनालेको लागि सम्पूर्ण तयारी बुधबार सम्म पुरा हुने बताइएको छ ।
टप तीन प्रतिस्पर्धी मध्येका नेपाल आईडल को बन्ला भनेर सबै नेपाली जनताको मनमा ठुलो कौतुहलताको बिषय बनेको छ । कतार पुगेका टप ३ प्रतिस्प्रधिहरुको मनमा भने डर र उत्साह दुबै उत्तिकै देखिएको पाइएको छ । नेपालकै पहिलो नेपाल आईडल को बन्ला भन्ने कौतुहलता हटाउनका लागि सेप्टेम्बर २२ तारीखको फाइनल नै कुर्नुको अर्को कुनै बिकल्प छैन ।
कतार पुगेका आइडल फिनालेका कलाकारलाई अयोजक कमिटी एयरपोर्ट मै गएर स्वागत गरेको थियो । बाकी आइडल सङ्ग सम्बन्धित व्यक्ति मंगलबार राती नै कतार आईपुग्ने आयोजक कमिटी संयोजक उत्तम गुरुङले जानकारी दिए । गुुुुरुङका अनुुुुसार स्पेशल आर्टिस्ट चिफ गेष्ठमा नेपालका चर्चित हास्य कलाकार मह-जोडी मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्य कतार आउने भएका छन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend