logo
  • शनिबार, साउन ३० २०८३

नेपाल आइडलका प्रतिस्पर्धीलाई “OOREDOO” बाट भोट गर्न सकिने


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

दिल कुमार श्रेष्ठ, दोहा ।
नेपाल आईडलको फिनाले नजिकिदै गर्दा कतारमा रहेका दर्शकहरुले आ-आफ्ना मन परेका प्रतिस्पर्धीलाई आफ्नै मोवाइलबाट एसएमएस भोटिङ गर्न पाउने भएका छन । एसएमएस भोटिङ सेवा सुरु भएसंगै ईमेल भोटिङ सेवा बन्द भएको छ ।
नेपाल आइडलको प्रेसमिटमा आयोजकले गरेको प्रतिबद्धता र कतारमा रहेका दर्शकहरुको बढ्दो मागका कारण आयोजक टिमले उरिडु सिमबाटै नेपाल आईडलको अन्तिम तीन प्रतिस्पर्धीहरुलाई भोटिङ गर्न सकिने व्यवस्था मिलाएको हो ।

अब भने कतार दर्शकहरुले पनि भोट आफ्नो मनपरेको नेपाल आईडलको प्रतियोगीलको कोड नम्बर टाईप गरेर ९२८०४ मा एसएमएस पठाउन सकिनेछ। आफुलाई मन परेको मान्छेलाई एउटा मोबाइल र सिमबाट जति सुकै (अनलिमिटेड) भोट गर्न सकिने छ ।

कतारमा रहेका नेपाल आइडलका शुभचिन्तकहरुले फेरि एक पटक आफ्ना मन परेका प्रतियोगीलाई भोट गर्ने मौका पाएका छन ।

 

एसएमएस भोटिङ निम्नानुसार गर्न सकिने छ ।

प्रताप दासको लागि

१० लेखेर ९२८०४ मा एसएमएस पठाउनु पर्नेछ ।

निशान भट्टराईको लागि

०७ लेखेर ९२८०४ मा एसएमएस पठाउनु पर्नेछ ।

बुद्ध लामाको लागि

०३ लेखेर ९२८०४ मा एसएमएस पठाउनु पर्नेछ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend