साझा नेटवर्क
गुल्मी असोज ३।
बुटवलमा रहेको एक टेलिभिजनमा कार्यक्रम सञ्चालन सँगै हालै एनटिभीको झन्कार लाइभ संगीत सम्बाद कार्यक्रम प्रस्तोता बाग्लुङ्ग जिल्लामा जन्मीएर कार्यक्रम स्टेज उद्घोषण सँगै साँगीतिक क्षेत्रमा रहेर पछिल्लो समयमा चर्चा बटुल्दै गरेकी गायिका शितल शर्मा सँग अनिल खत्रीले गर्नु भएका सांगितिक क्षेत्रका तिता मिठा कुराकानी

शितल जी यहाँलाई स्वागत छ
हजुर धन्यवाद !
के मा व्यस्त हुनुहुन्छ आजभोली ?
गीत संगीत सँगै म एउटा कार्यक्रम उद्घोषिका र टिभीमा कार्यक्रम सञ्चालन गर्दै आएको पनि छु । यसैमा मेरो दिनचर्य बितिरहेको छ।
खामा कुन बिधाबाट प्रबेश र सांगीतीक यात्रा कसरी शुरु भयो ?
मेरो सांगीतिक यात्रा झण्डै ३ वर्षको भयो सक्रिय भएर लागी परेको तर म कार्यक्रम उद्घोषण गर्न थालेको १४ वर्ष भयो ।
म सुरुमा स्टेज कार्यक्रमहरु सञ्चालन गर्दै आए गीत संगीतमा पनि मेरो सानै देखि रुची थियो । स्टेज कार्यक्रम सँगै टिभीमा पनि कार्यक्रम सञ्चालन गर्दै आए मेरो मनै देखि नै सांगीतिक क्षेत्रमा प्रबेश गर्ने इच्छा थियो । त्यसैले पनि पछिल्लो केहि वर्ष यता मैले सांगीतिक क्षेत्रमा पनि प्रबेश गरेकी छु । ठक्याकै भन्नु पर्दा म उद्घोषण अर्थात कार्यक्रम सञ्चालन गर्ने बिधाबाट प्रबेश गरे ।
खासरुची के थियोे ?
मान्छे अगाडी वढ्न उ सँग सानै देखि रुची उसमा हुनुपर्ने जरुरी हुन्छ । कतिपय इच्छा चाहनाहरु आफुले चाहे भन्दा आफ्नो अन्तर आत्मा भन्दा फरकबाटो तिर पनि जान्छन् । सबै इच्छा आकांक्षहरु पुरा गर्न सबैकुराबाट मेल हुनुपर्ने हुन्छ । तर मेरो खास रुचि त डाक्टर हूने थियो ।
म मध्यम परिवारमा जन्मेकी एउटी नारी हुँ त्यसैले मैले जुन कुरा सोचेकी थिए त्यो पुरा गर्न आर्थिक हैसियत अलि बलियो हुनुपर्ने थियो । त्यसैले मैले जुन सोच थियो त्यो अधुरै राखेर मन मोड़े त्यसपछि उद्घोषण प्यारो लाग्यो । तर पनि रहर पूरा गर्न हेल्थ असिस्टेंट पढ़े् ।
गायन क्षेत्रमा लागेर खुसी हुनुहुन्छ ?
पक्कै पनि कुनै पनि काममा आत्मै देखि रुची सोच भएन् भने टिक्न र बिक्न सकिदैन् । म गायन क्षेत्रमा लागेर धेरै खुसी छु । किनकि मलाई संगीतले बाच्न सिकायो, यसले थप उर्जा पनि दिएको छ । म खाली समयमा सधै संगीतमै हुन्छु गितहरु गुनगुनाउन मनपर्छ ।
कस्ता खाले संगितमा बढी रुची राख्नुहुन्छ ?
खासमा गीतले समाजमा केहि सन्देस दिनुपर्छ केहि परिर्वतन ल्याउनु पर्छ भन्ने मेरो मुख्या सोच रहेको छ । मैले हाल सम्म बजारमा ल्याएका गीतहरु सन्देस मुलक गीतहरु ल्याएकी छु । गीतहरुले समाजमा सकरात्मक परिर्वतन ल्याउनु पर्छ भन्ने मेरो सोच रहेको छ । मैले आधुनिक सगै लोक गीतमा बढी रुची छ, तर गाउन र सुन्न सबै किसिमका नेपाली गित सङ्गीत मन पर्छ । अब केहि गीतहरु देसप्रेम देसभक्तीपूर्ण गीतहरु पनि गाउने ल्याउने सोच राखेकी छु ।
गीत संगीतमा लाग्दा सबैभन्दा दुखको छेड छ ?
एकदम संघर्ष मेनत गर्दा गर्दै पनि जती बेला मेहनत को कÞदर भयन । अग्रज ले नै हेपन खोज्ने पाको कार्यक्रम रातारात खोसिने त्यो बेला एकदम मन दुख्थ्यो तर आफु लाई अझ पाको बनने उत्प्रेरणा पाए ।
यस क्षेत्रमा लागेदेखि कुनै दिन पछुतो लागेन ?
लागयो किन नलागनू आजभोली पनी लागछ तर आफÞनो काम प्रति को जिम्मेवारी कहिले भूल्दीन् । पछुतो लागेर पनि रहर बाध्यता दुबैसँग जुधनु पर्छ म संघर्षमा छु ।
संगीतमा भविष्य छैन भन्छन् नि ?
मेहनत गर्नु पर्छ परिश्रम बिना कुनै ठाउँमा भबिष्य हुँदैन् । भविष्य को कुरा के गर्नू कसलाई थाह छ र कति बेला के हुन्छ तर आफु लाई मन परेको पेशा मा लगनशील भयर काम गरे अवश्य राम्रो हुन्छ ।
मोडलिङ गर्न मन लागेन ?
मन त सबै तिर हुन्छ तर सबैतिर खुट्टा राखियो भने गनतब्य अर्थात सफल भैदैन् । मन भनदा पनी आफु लाई के उपयुक्त हुनछ त्यो ठुलो कुरा हो मैले अहिले सम्म ट वोटा गीत मा अभिनय गरेकी छु ।
के भयो भने रिस उठछ ?
सकरात्म सोचौ यो जिवन भाग्यले पाएको एउटा रंगमञ्च हो । तर कोहि कसैले केहि कुरा मा झूठ बोलय या बिस्वास घात गरयो भने रिस उठछ । तर म छींटो रिसाउदीन् ।
सांगीतिक शिलसिलामा कुन कुन देसमा पुगनु भो ?
आफनै देसका धेरै ठाउँ पुगेकी छु । तर धेरै पटक मित्र राष्ट्र भारत गए र कतार गए अब बिस्तारै धेरै ठाउँमा जोनेछु ।
संगितका अब के छन् नयाँ योजनाहरु ?
ठयाक्कै यही भन्ने त छैन् तर सम्पूर्ण दर्शक श्रोता ले रचाऊने गीत लयाउछू ।
अत्यामा पाठक वर्ग र तपाई लाई मन पराउनेलाई के भन्नु हुन्छ ?
सम्पूर्ण लाई मेरो सम्मान छ । जसरी आज को दिन सम्म शीतल ले राम्रो गर्छ भनेर बिस्वास गर्नू भाछ मेरो प्रस्तुति लाई माया गरीदिनु भाछ म आभारी छु । म पनी बिस्वास तोड़ने छैन् सम्पूर्ण बाट भोली का दिन मा धेरै माया पाऊँ यही आशा छ । अत्यामा तपाईको यो मिडिया परिवार र तपाईलाई मेरा आफना बिचार अनुभव, सुखःदुख साट्ने अर्थात पाठक वर्ग समक्ष ल्याइसदनुभयो धेरै धेरै धन्यवाद दिन चाहन्छु ।
तपाईलाई अहरुले कस्तो खालकी गायिका भनेर चिनिन्छ नि ?
हजुर मैले सन्देस मुलक गीतहरु बढी गाउने गर्छु । शब्द मन परेमा गाउछु जुन पायो त्यहि शब्द गाउन अप्ठ्यारो लाग्छ । गीत संगीतले फरम स्वाद फरक सन्देस दिनुपर्छ भन्ने सोच ममा सधै रहन्छ । त्यसैले सकरात्मक सोच सकरात्मक उर्जा प्रदान गर्ने गायिकाको रुपमा लिनुहुनुन्छ जस्तो लाग्छ ।
तपाईको पहिलो एल्बम कुन हो, र त्यसले कति चर्चा पायो बजारमा ?
मेरो पहिलो एल्वम भमरा हो । उक्त एल्बमले बजारमा राम्रै चर्चा पायो, समग्रमा भमरा एल्वम राम्रो रह्यो र मलाई साँगितिक यात्रामा अगाडी बढ्नका लागि प्रेरीत गरायो । त्यस पछी तीजमा लेहंगा लगाउछु नामक तिज गित निकाले त्यो गित निकै नै चर्चित भयो । सोहि गितले मलाई अवार्ड समेत जितायो । त्यपछी गतवर्षको तीजमा पनि शिवजीको दर्शन नामक तिज गित धेरैले मन पार्नु भयो र अहिले रानी चरी तिजगित निकालेको छु र यो गित पनि यतिखेर चर्चामा रहेको छ ।
आगामी दिनमा यस क्षेत्रमा तपाईको योजना के छ ?
म खास शिक्षा क्षेत्रको मान्छे हु शिक्षा संगै संगीतलाई पनि निरन्तरता दिदै आगामी दिनमा एउटा राम्रो कलाकार बन्ने लक्ष्यका साथ अगाडी बढी रहेकी छु । भविष्यमा कलाकार मात्र नभएर अन्य क्षेत्रमा पनि काम गर्ने योजनामा छु । गीत संगीत नशा हो म यसबाट अलग हुन सक्दीन् ।
तपाईको साँगितिक यात्रालाई तारिफ गर्ने र गाली गर्नेहरुका लागी के भन्नुहुन्छ ?
मलाई गायन क्षेत्रमा तारीफ र सपोर्ट गर्नुहुने आदरणीय दर्शक श्रोताहरुलाई हृदय देखि नै धन्यवाद दिन चाहान्छु । आगामी दिनमा निरन्तर माया, सहयोग र सल्लाह सुझावको अपेक्षा राख्दछु । साथै मलाई गाली गर्ने दर्शक श्रोताहरुको लागि तपाईहरु अझै गाली गर्नुहोस कुरा काट्दै जानुहोस तर म भने अझ बलियो बन्दै जान्छु हजुरहरूको गाली र नकारात्मक सोचाइले भन्न चाहान्छु ।
पढाई कहाँ सम्म पुराउनु भयो र यहाँसम्म आउने प्रेरणा कसरी मिल्यो ?
पढाईको सन्दर्भमा भन्नु पर्दा मैले मास्टर डिग्री सम्म अध्यन गरेकी छु । मेरो श्रीमानले संगीत कक्षामा भर्ना गरिदिनु भयो । ततपश्चात सङ्गीत क्षेत्र निरन्तर लागि रहेको छु । मलाई यहाँसम्म ल्याई पुराउने प्रेरणाको श्रोत नै मेरो श्रीमान र घर परिवारका सबै सदस्यहरुको महत्वपूर्ण भुमिका रहेको छ ।
विदेशका कार्यक्रमहरुमा कत्तिको अफर आउने गर्छ ?
यस क्षेत्रमा म अझै नयाँ नै भएकोले होला विदेशबाट त्यति कार्यक्रमका लागि अफर आउने गरेको छैन तर हामी तपाइलाई हाम्रो कार्यक्रममा बोलाउछौ भन्ने धेरै हुनुहुन्छ ।
अन्त्यमा दर्शक श्रोताहरुलाई के भन्न चाहनुहुन्छ ?
आदरणीय दर्शक श्रोताहरुले मैले बजारमा पस्किएका गितहरु सुनिदिनुहोस माया गरिदिनुहोस, राम्रो लाई राम्रो र नराम्रोलाई नराम्रो भनिदिहोस तपाईहरुको माया, सहयोग र सल्लाह सुझाव नै मेरो लागि थप हौसला हुनेछ भन्न चाहान्छु । साथै पाठक वर्गहरुलाई पनि सम्झन चाहान्छु । धन्यवाद !
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend