साझा नेटवर्क
अनिश शर्मा गैरे,गुल्मी असोज ३।
गत श्रावण २० गतेको अविरल बर्षा सँगै आएको बाढीको कारण घर बगाएर घरवार विहिन भइ छिमेकीको शरणमा पुगेका गुल्मी मुसिकोट नगरपालिकाका एक पीडितलाइ गुल्मी सेवा समाज ओमनले राहात हस्तारन्तरण गरेको छ।
मुसिकोट नगरपालिका ३ मा बर्षा सँगै बडिगाड खोलामा आएको बाढीले घर बगाए पछि छिमेकीको शरणमा रहेका रुद्र बहादुर कार्कीलाइ राहत हस्तान्तरण गरीएको हो। मुसिकोट नगरपालिकाको कार्यालयमा एक कार्यक्रम आयोजना गरी गुल्मी सेवा समाज ओमनका सदस्य कृष्ण पाण्ड्यले हस्तान्तरण गरेका हुन ।
समाजबाट संकलित रकम २० हजार मुसिकोटका मेयर सोमनाथ सापकोटालाइ सदस्य पाण्डेले हस्तान्तरण गरेका थिए भने मेयर सापकोटाले पीडित कार्कीलाइ हस्तान्तरण गर्नुभएको थियो। हस्तान्तरण पछि बोल्दै नगरप्रमुख सापकोटाले समाजले जिल्लाका बिभिन्न दैवि पीडित,दुखीहरुको क्षेत्रमा गरेको काम प्रशंसनीय भएको बताए ।
‘गुल्मी सेवा समाज जस्ता संस्थाले गुल्मेलीको लागि गरेको सहयोगले धेरैले नवजीवन पाइरहेका छन’ नगरप्रमुख सापकोटाले भने ‘यसरी बिपदमा परेका मानिसहरुलाइ सहयोग गर्नु नै मानवता हो’। उनले पीडित कार्कीलाइ अझै सहयोग गर्नमा आफुहरु पनि सक्दो प्रयासमा रहीरहेको बताउँदै अरुबाट पनि यस्तै सहयोगको अपेक्षा भएको बताए।
आइतबार मात्रै आफ्नो घर मुसिकोट आएका समाजका सदस्य पाण्डेय आफ्नो परिवार सँग पनि राम्रो सँग भेटघाट नगरी तत्काल राहत हस्तान्तरण गर्न पुगेका थिए। ‘मेरो परिवारलाइ भेट्न मसँग प्रशस्त समय छ,तर पीडितलाइ सक्दो चाँडो राहात पुर्याउने भनेर तुरुन्तै आएको हुँ’ उनले भने। दैवि पीडितहरुलाइ सानो भएपनि राहात हस्तान्तरण गर्न पाउदा आफु र आफ्नो संस्था पनि गौरवान्वित भएको उनको धारणा छ।
गत साल पनि बडिगाड खोलाले उनको पुरै खेत बगाएको थियो । अहिले पनि बाँकी रहेको त्यही घर पनि बगाएर लैजादा उनीलाइ खपिनसक्नु पीर परेको छ। कार्की केही बर्ष अघि आफुले जग्गा किनेर झेँदीमै बस्ने उद्धेश्यका साथ घर पनि बनाएको तर दुइ बर्षमा बाढीले बित्यास निम्त्याएपछि समस्या परेको छ । ‘गत असार २६ गते सो नया घरमा सर्ने भनेर योजना पनि बनाएका थियौ’ कार्कीले भने ‘बाबुको अंशमा परेर आएको सो घर र खेतले खेतले बगायो,अब कता बस्ने भन्ने चिन्ता छ’।
उनी अहिले छिमेकी भुवनसिँह भटट्राइको घरमा बस्दै आएका छन । अहिले सम्म जिल्ला प्रशासन कार्यालय, रेडक्रस तथा मुसिकोट नगरपालिका बाट केही रकम पाएको उनले बताए । प्रशासनले ९ हजार, रेडक्रसले त्रिपाल तथा मुसिकोट नगरपालिकाले ५ हजार रुपैया सहयोग गरेको भएपनि उनीलाइ अरु राहात मिल्न सकेको थिएन ।
अहिले गुल्मी सेवा समाजले उनलाइ २० हजार रकम हस्तान्तरण गरेको हो । कार्कीले यसरी सहयोग गर्ने गुल्मी सेवा समाज ओमन प्रति आभार ब्यक्त गरेका छन । उनले दुखेको घाउमा समाजले मलहम लगाएको बताए । संस्था गत बैशाख महिनामा मात्र स्थापना भएको थियो । १२ जना सदस्यहरु मिली खोलीएको सो संस्थामा अहिले झण्डै ७० सदस्यहरु पुगीसकेका छन । सो संस्थाले यस बर्ष तराइमा आएको बाढीमा पनि झण्डै ५० हजार बराबरको राहात बितरण गरेको थियो ।
सो संस्था आगामी दिनमा सहयोगको राशी अझै बढाउदै लैजाने बताएको छ । बाढीले घरवास गुमाएका कार्कीका श्रीमती, बुहारी, नाती गरी ४ जनाको परिवार अहिले छिमेकी भुवनसिँह भटट्राइको घरमा बस्दै आएको छ । उनका दुइ छोराहरु भारतमा रोजगारको शिलशिलामा रहेका छन ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend