logo
  • शनिबार, साउन ३० २०८३

३ सयबाट सुरु भएको सहकारीको कारोबार अहिले ७७ करोड


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

हुमाकान्त पोखरेल, गुल्मी असौज ३।
२०५८ सालमा तिन सय रुपैँयाबाटसुरु भएको गुल्मीको एक सहकारीको कारोबार अहिले ७७ करोड पुगेको छ ।

जिल्लामा रहेको मैत्री बहुउदेश्यीय सहकारी संस्था लिमिटेडको कारोबार ७७ करोड २१ लाख चार सय ९४ पुगेको हो। सस्थाले सदरमुकाम तम्घासमा साधारण सभा मार्फत प्रगति विवरण तथा आयब्यय सार्वजनिक गरेको छ।

सस्थाँले सार्वजनिक गरेको आर्थिक प्रतिवेदन अनुसार आर्थिक बर्ष २०७३/०७४ मा उसको सहकारी र लघुवित्त कार्यक्रममा गरी पाचँ करोड ३६ लाख ७४ हजार पाचँ सय १७ रुपैँया २५ पैसा आम्दानी रहेको छ । त्यसैगरि एक करोड एक लाख १४ हजार छ सय ९२ रुपँया ८७ पैसा खर्च भएको छ ।

जसअन्तरगत आम्दानीतर्फ ऋण ब्याज आम्दानी पाचँ करोड नौ लाख ४२ हजार नौ सय २१ रुपैँया, बैंक खातामा ब्याज आम्दानी दुई लाख ४० हजार एक सय पाचँ रुपैँया ९२ पैसा,अन्य आम्दानीतर्फ २४ लाख ३४ हजार चार सय ८२ रुपँैया ३३ पैसा र सहकारीतर्फ ४२ हजार आठ रुपँैया, उपशाखाबाट प्राप्त आम्दानी १५ हजार रहेको सस्थाका कोषाध्यक्ष गणेश विश्वकर्मा ले जानकारी दिए ।

त्यसैगरि खर्चतर्फ कर्मचारिको तलब भत्तामा ५३ लाख २७ हजार तिन सय ७८ रुपैँया, घर बहाल खर्च पाचँ लाख ४४ हजार दुई सय १७, स्टेशनरीमा चार लाख ८४ हजार सात सय नौ रुपँैया, साधारण सभा खर्च चार लाख ७० हजार, खाजा खर्च नौ लाख ४८ हजार एक सय ३३ रुपैँया, सञ्चयकोषतर्फ चार लाख २३ हजार पाचँ सय ५२, अनुगमन गोष्टि खर्च चार लाख २५ हजार सात सय ७९, भ्रमण खर्च सात लाख २५ हजार पाचँ सय साठी रुपैँया लगायत रहेका छन् ।

सस्थाँको शेयर रकम तिन करोड ५५ लाख ४८ हजार नौ सय रुपँैया रहेको छ । जुन गत बर्षको भन्दा २२ लाख २४ हजार एक सय रुपँैयाले बढी हो। आर्थिक बर्ष २०७२/०७३ मा उसको शेयर रकम तिन करोड ३६ लाख ६० हजार आठ सय रुपैया रहेको थियो । सस्थाँको १२ करोड ५० लाख २७ हजार छ सय ९२ रुपँया बचत रहेको छ। जुन गत आर्थिक बर्षको भन्दा तिन करोड ५७ लाख ४८ हजार पाचँ सय ११ रुपँयाले बढी हो।
गत आ.व.मा उसको बचत रकम आठ करोड ९२ लाख ८९ हजार एक सय ८१ रहेको थियो । ३२ करोड ६३ लाख १४ हजार आठ सय ७७ रुपँया लगानीमा बाँकी ऋण रकम रहेको छ । जुन आर्थिक बर्ष २०७२/०७३ को भन्दा छ करोड ३२ लाख नौ हजार आठ सय ३९ रुप्ँौयाले बढी हो। गत आ.व.मा उसको लगानीमा बाँकि ऋण दुई करोड ६३ लाख एक हाजर पाचँ सय ३८ रुपैँया रहेको थियो ।
र एक करोड ४८ लाख ९० हजार तिन सय १६ रुपँया ८९ पैसा नाफा रहेको छ । उक्त नाफा अर्थिक बर्ष २०७२/७३ मा भन्दा चार लाख ८४ हजार सात सय ८२ रुपैँया ९९ पैसाले बढी हो। गत आर्थिक बर्षमा सस्थाँको नाफा १४ करोड ४० लाख पाचँ हजार पाचँ सय ३३ रुपैँया ९० पैसा रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । सस्थाँको स्थापना कालदेखि हालसम्म शेयर सङ्ख्यामा ११ हजार तिन सय ६७ जनाको बृद्धि भएको छ ।

त्यसैगरि शेयर रकममा तिन करोड ५४ लाख पाचँ हजार तिन सय, बचतमा १२ करोड ४५ लाख ५६ हजार आठ सय ८८ रुपँया, लगानीमा बाँकी ऋणमा ३२ करोड ५८ लाख ३२ हजार आठ सय ८७ रुपैँया र नाफामा एक करोड ४७ लाख ९८ हजार दुई सय ८७ रुपँया ८९ पैसा रहेको सस्थाँका कोषाध्यक्ष विश्वकर्माले बताए । संस्थाका ब्यपस्थापक अर्जुनप्रसाद आचार्यका अनुसार बचत कार्यक्रम, नियमित बचत, बाल बचत लगायतका प्रत्येक अनुमानित शिर्षकमा बचत संकलनमा बृद्धि भएको छ ।
बचत कार्यक्रमतर्फ गतबर्ष चार करोड २५ लाख बचत संकल गर्ने लक्ष्य राखिएकोमा नौ करोड ६७ लाख ७७ हजार ६३ रुपँैया संकलन भएको छ । नियमित बचततर्फ पाचँ करोड आठ लाख १९ हजार सात सय २८ रुपँया जम्मा भएको छ । बाल बचतर्फ एक सय १० जना बालबालिकाबाट ३० लाख २५ हजार पाचँ सय १४ रुपैँया बचत संकलन भएको छ ।

आवधिक बचततर्फ पाचँ जना सदस्यहरुबाट २५ लाख ६६ हजार तिन सय ८८ रुपैँया, ऐच्छिक बचततर्फ नौ हजार पाचँ सय ७७ सदस्यहरुबाट असार मसान्तसम्म एक करोड ७६ लाख ७५ हजार ७५ रुपँया बचत संकलन भएको व्यावस्थापक आचार्यले बताए। यस बर्ष सस्थाँले एक सय ११ रुपँया ५० पैसा बराबरको शेयर बाँडेको छ ।

मैत्री सहकारी तथा ऋण सहकारी सस्थाँमा अहिले तम्घास,जैसिथोक, बलेटक्सार, ईश्मा रजस्थल र रुद्रवेणी गरी पाचँ स्थानमा गरी ३४ जना कर्मचारी कार्यरत छन्। साधारण सभा कार्यक्रममा शेर सदस्यहरु,संचालक समितिका पदाधिकारीहरु, प्रत्येक समूहका प्रमुख तथा प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend