संयुक्त राष्ट्रसंघीय सम्झौता पत्रमा नेपालले आणविक अस्त्र निषेध सम्बन्धी हस्ताक्षर गर्ने औपचारिक निर्णय गरेको छ।

त्यसैगरी नेपालले राष्ट्र संघ सुधार सम्बन्धी राजनीतिक घोषणापत्रमा पनि हस्ताक्षर गर्ने निर्णय गरेको छ ।सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले दुईवटा सम्झौतापत्रमा हस्ताक्षर गर्ने औपचारिक निर्णय गरेको हो ।
दुईवटा सम्झौतामध्ये संयुक्त राष्ट्रसंघ सुधार सम्बन्धी राजनीतिक घोषणामा हस्ताक्षर गर्न संयुक्त राष्ट्र संघका नेपालस्थित प्रतिनिधि दूर्गाप्रसाद भट्टराईलाई अधिकार प्रत्यायोजन गर्ने सरकारले निर्णय गरेको छ ।
त्यसैगरी आणविक अस्त्र निशेषसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्न उपप्रधान एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महरालाई अधिकार प्रत्यायोजन गर्ने निर्णय सरकारले गरेको छ ।
संयुक्त राष्ट्र संघको ७२ औं महासभामा भाग लिन उपप्रधानमन्त्री महरा आइतबार अमेरिका प्रस्थान गरिसकेका छन् ।महासभामा भाग लिन प्रधानमन्त्री शेरबहादुर देउवाको टोली मंगलबार न्युयोर्क प्रस्थान गर्दैछ ।