logo
  • शुक्रबार, असोज ९ २०८३

गुल्मीका दुई संगठनको जिल्ला सम्मेलन स्थगित


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

अनिल खत्री,गुल्मी असोज २।
गुल्मीका दुई संगठनले असोजको पहिलो साता गर्न लागेको जिल्ला अबिधेशन स्थगित गरेका छन् । नेपाल बिद्यार्थी संघले असोज ३ र ४ गते अनेरास्वबियुले असोज ४ र ५ गते सदरमुकाम तम्घासमा गर्ने भनेको जिल्ला सम्मेलन स्थकित भएको जनाएका छन् ।

दुबै संगठनले संगठन बिस्तार लगायतको काम व्यापक भएको थियो । पार्टीबाट समेत सम्मेलन स्थगित गरी प्रदेश र संसदीय निर्वाचनमा जुट्न निर्देशन भएपछि सम्मेलन स्थगित गर्नुपर्ने अवस्था आएको अनेरास्ववियु गुल्मीका जिल्ला संयोजक राजेन्द्र बिक्रम कुँवरले जानकारी दिए ।

दुबै संगठनका जिल्ला अध्यक्षले प्रेस बिज्ञप्ती जारी गर्दै बैठक बसेर अर्को मिति तय नगरेसम्मको लागि सम्मेलन स्थगित भएको जनाइएको छन् । सम्मेलनको मिति नजिकिए सँगै सम्मेलनकोागी धेरै कामहरु भएपनि संगठनको नयाँ संरचना, लगायतका धेरै कामहरु परिमार्जन हुनेभएकोले स्थकित गर्नु परेको नेपाल बिद्यार्थी संघ गुल्मीका कार्यबाहक अध्यक्ष झबिन्द्र पाण्डेयले जानकारी दिए ।

सम्मेलनको तयारीमा खट्ने सवैलाई धन्यवाद प्रकट गर्दै आसन्न दुवै चुनावमा उच्च मनोबल र उत्साहका साथ लाग्न बिज्ञप्ती मार्फत सवैलाई आग्रह गरिएको छ

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend