साझा नेटवर्क
अनिल खत्री,गुल्मी असोज २।
गुल्मीको रिडीमा चलेको क्रिकेट खेल सम्पन्न भएको छ । युवा संघ नेपाल रुरु १ को आयोजनामा रिडीमा मदन–आश्रीत खुल्ला क्रिकेट प्रतियोगिता सुरु भएको हो।
मदन आश्रीत स्मृति खुल्ला क्रिकेट प्रतियोगितामा शिबशक्क्ती युवा क्लब भैरहवा प्रथम, छत्रदेब युवा क्लब ख्याहा पाल्पा द्वितीय भएका छन्। प्रतियोगितमा प्रथम हुने समुहले नगद ५० हजार र ट्रफी, द्वितीय हुनेले २५ हजार नगद सहित ट्रफी पाएका छन् ।
प्रतियोगितामा बिजयी समुहलाई युवा संघ नेपालका केन्द्रिय सदस्य हिमाल श्रेष्ठले नगद,मेडल र प्रमाण पत्रले सम्मान गरेका थिए । क्रिकेट प्रतियोगितमा गुल्मी,पाल्पा,स्याङजा, रुपन्देही,कपिलबस्तु, नवलपरासी लगायतका स्थानबाट १८ समुहले भाग लिएका थिए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend