साझा नेटवर्क
साझा नेटवर्क, बुटवल असोज २।
हिन्दुहरुको महान चाड बिजय दशमी, अझ घर देखि बाहिर भएका आफन्तहरु यो पर्वमा जमघटहुने रमाइलो गर्ने साथै , नयाँ लगाउने मिठो खाने आफु आफु बिच माया र खुसि साटा साट गर्ने पर्वको रुपमा पनि चिनिन्छ ।
यहि दशैले कसैको घरमा खुशीको बहार ल्याइदिञ्छ भने कतिको घरमा निरास थपिदिन्छ ।प्रदेशी भूमिमा रगत र पसिना चुहाउनेहरु दशैँ तिहारमा घरमा आउन नपाउदको पिडा त झनै छदै छ, त्यति मात्रै कहाँ होर स्वदेशमै विभिन्न काम गरि बस्ने हरुको पिडा पनि आफ्नै ठाउँमा छ ।
त्यस्तै कथा व्यथाबोकेको दशैं तिहार गीत ” यो दशैंमा आउ ” हो , जहाँ देश र जनताको सुरक्षामा खटिएका शसस्त्र पुलिसहरुको बिसय बस्तुहरुलाई भिडियोमा प्रस्तुत गरिएको छ । बिष्णु माझि , बिष्णु खत्रीको स्वर तथा बिष्णु खत्रिकै शब्द संगीत रहेको गीतको निर्माता राजु महोत्रा हुन्, बिष्णु भट्टराईको निर्देशन रहेको भिडियो भर्खरै मात्रै सार्बजनिक भएको छ।
सगुन शर्माको श्रीन्गार रहेको भिडियोमा रश्मि भट्ट , राजु महोत्रा , मीरा महोत्रा लगायतका कलाकारहरुको अभिनय देख्न सकिन्छ l अत्यन्तै मार्मिक र परिवारले आफ्नो सदस्य गुमाउनु पर्दाको पिडा यो भिडियोमा देखाउन खोजिएको छ । अविरल फिल्म्सले दृश्य निर्माण गरेको छ भने स्वाभिमान क्रियशनले बजार ब्यबस्थापन गरेको छ ।
भिडियो हेर्नुहोस
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend