logo
  • शनिबार, असोज १० २०८३

पञ्चायन मावि जैसीथोकको वर्षिकोत्सव


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

प्रेम सुनार, गुल्मी असोज २ ।
पञ्चायन माध्यामिक विद्यालय धुर्कोट वडा नम्वर ४ जसीथोक गुल्मीको ५९ औं वार्षिकोत्सव आज सम्पन्न भएको छ । भदौं ३० गते देखि विविध कार्यक्रमका साथ सुरु भएको वार्षिकोत्सवको आज पनि विभिन्न कार्यक्रम गरी मनाईएको छ ।

धुर्कोट गाउँपालिका वडा नम्वर ४ जैसीथोकका वडाध्यक्ष मानबहादुर कुँवरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा विविध सांस्कृतिक कार्यक्रम समेत विद्यार्थीहरुले पस्केका थिए । कार्यक्रममा जिल्ला शिक्षा कार्यालयका केशवराज पराजुलीको विशेष आतिथ्यता रहेको थियो ।

कार्यक्रममा गुल्मी जैसीथोक रुपन्देही सम्पर्क समाजका अध्यक्ष सुनिल पोखरेल , नेकपा एमाले जैसीथोकका अध्यक्ष उमाकान्त पोखरेल , माओवादी केन्द्रका चुरामणी घिमिरे , नेपाल कम्युनिष्ट पार्टी गोपाल कुँवर , राप्रपाका रोमाकान्त पोखरेल , धुर्कोट गाउँपालिकाका प्रेस संयोजक प्रेम सुनार , वडा नम्वर ४ जैसीथोकका वडा सचिव विनोद प्रसाद पोखरेल , विभिन्न विद्यालय संघ संस्थाका प्रतिनिधी लगतयतको आतिथ्यता रहेको थियो ।

वार्षिकोत्सवको अवसरमा परिक्षामा उत्कृष्ट विद्यार्थी , विभिन्न प्रतियोगताका विजेता र विद्यालयमा योगदान पुराउने महानुभावहरुलाई सम्मान गरिएको थियो ।कार्यक्रमा त्यस विद्यालयका प्रधानध्यापक कृष्णचन्द्र पन्थीले करिव एक डेढ करोड भन्दा बढि आय व्याय सहितको वर्षिक प्रतिवेदन पेश गरेका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विरेन्द्र कुँवरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिक्षक टेकबहादुर श्रेष्ठको स्वागत र अर्का शिक्षक लक्ष्मण पोखरेलको सञ्चालन रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend