logo
  • शुक्रबार, साउन ८ २०८३

मोना कतारद्वारा राष्ट्रिय कलाकार सम्मानित


  • साझा नेटवर्क
  • शुक्रबार, साउन ८ २०८३

तिलु शर्मा पौडेल, कतार ।
“प्रवासी म्याग्देली दृष्टि, सम्वृद्ध म्याग्दीको सृस्टि” भन्ने मुल नारा लिएर खाडी रास्ट्र अन्तर्गतको दोहा कतारमा सन २००३ मा स्थापित म्याग्दी प्रवासी नेपाली संघ राष्ट्रिय कार्यकारी समिति कतार (मोना-कतार) मार्फत राष्ट्रिय कलाकारहरु सम्मानित भएका छन् ।

विश्वकर्मा समाज कतारको आयोजनामा तेश्रो विश्वकर्मा बाबाको पुजा तथा शुभकामना आदान प्रदान कार्यक्रम २०१७का लागि कतार आएका कलाकारहरु सम्मानित भएका हुन । दोहा शहरको मुग्लिनामा अवस्थित वेलकम डाईन रेस्टुरेन्टको सभाहलमा सम्पन्न अन्तरक्रिया तथा सम्मान कार्यक्रम सस्थाका अध्यक्ष रमेश पौडेलको सभापतित्व तथा मोना अन्तराष्ट्रिय कार्यकारी समितिका क्षेत्रीय सचिव रेशम शाहीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

उपाध्यक्ष चित्र बहादुर चोखालको स्वागत मन्तब्य संगै अघि बढेको कार्यक्रममा सस्थाका सस्थापक अध्यक्ष प्रेम रसाइली, सरक्षक बिक्रम कार्की, प्रमुख सल्लाहकार किरण साही, प्रवासी नेपाली मन्चका अध्यक्ष चानक पोखरेल, बसन्त फिल्मस् प्रालिका व्यवस्थापक शरद कुमार पाण्डे, पाल्पाली सेवा समाज कतारका अध्यक्ष इश्वर काफ्ले, बाके प्रबासी सेवा समाज कतारका महासचिव श्याम कुमार डी.सी., विस्वकर्मा सेवा समाजका महासचिव कृष्ण गदाल र सल्लाहकार नबराज बिक, अर्घाखाँची सेवा समाज कतारका अध्यक्ष ठाकुर कुमार परिवार लमजुङ सेवा समाज कतारका अध्यक्ष विष्णुलाल श्रेष्ठ, समाजसेवी कृष्ण बराल लगायतका व्यक्तित्वहरु विशेष अतिथि रहनु भएको थियो ।

म्याग्देली तथा गैर म्याग्देलीको बाक्लो उपस्थिति रहेको कार्यक्रममा सुभकामना मन्तब्यको क्रममा बोल्ने अधिकासले मोना कतारले गरेको सम्मान कार्यक्रमको उच्च प्रशंसा गरेका थिए भने कलाकार रास्ट्रको गहना भएको हुदा कहिले पनि कहिँ पनि बिचलित नभै सधै कलाकारिता पेशामा लाग्न अनुरोध गर्दै साँगितिक यात्रामा सफलताको सुभकामना दिएका थिए ।

मन्तब्यकै क्रममा सस्थाका सस्थापक अध्यक्षले सस्थाका बारेमा प्रस्ट पार्दै आफुहरु दोश्रो विश्व सम्मेलनको तयारीमा रहेको र मोना विश्वका २४ ओटा देशमा बिस्तार भै सकेको जानकारी दिदै थप बिस्तार हुने क्रम पनि निरन्तर रहेको जानकारी दिनु भयो ।

सम्मान ग्रहण गरि सकेपछी बोल्दै गायक तथा सर्जक द्धयले मोना कतार के रैछ र कस्तो रैछ भन्ने कुरा यस भन्दा पहिले सामाजिक सञ्जाल तथा मिडियामा देखे पनि अहिले आफै त्यस सस्थाबाट सम्मानित हुन् पाउदा गर्व लागेको र यसलाई नजिकबाट चिन्ने मौका मिलेको भन्दै हार्दिक आभार समेत प्रकट गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि शाहीले आफनै गाउ घर वारि पारी छिमेकीको रुपमा रहेका ब्यतिगत रुपमा आफुले अत्यन्तै सम्मान गर्नु पर्ने व्यक्तित्व द्धय बराइली तथा बिस्वकर्मालाइ प्रबासमा आफु नै प्रमुख अथिति रहेर सम्मान गर्न पाउदा आफुलाई कता कता सपना जस्तो लागि रहेको भन्दै बाकि जिबन सफलताको सुभकामना दिए । स्मरण रहोस राजन भुजेल बिश्वकर्मा म्याग्दी रघुगंगा गाउपालिका ३ का तथा सुजन बराइली पर्बत जलजला गाउपालिका २ निबासी हुन् ।

मोना कतारका बरिस्ठ उपाध्यक्ष तथा सांगीतिक बिभाग संयोजक तिलु शर्मा पौडेलले सहजीकरण गरेको कार्यक्रमको समापन गर्दै सभापति पौडेलले हामीलाई यो अवसर जुराइदिनु भएकोमा बिस्वकर्मा समाज कतारलाइ हृदय देखि धन्यबाद दिदै साँगितिक प्रस्तुतिका लागि कतार सम्म पाल्नु भएका कलाकार ज्युहरुको बाकी कतार बसाइ सुखमय होस् भन्दै साँगितिकका साथै व्यक्तिगत जिबनमा सधै सफलताले पछाईरहोस भनि सुभकामना व्यक्त गर्दै कार्यक्रमको सम्पान गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend