logo
  • शुक्रबार, साउन ८ २०८३

दसैं तिहार लक्षित गरेर शनिवार पनि तम्घास बजार खुल्ला


  • साझा नेटवर्क
  • शुक्रबार, साउन ८ २०८३

अनिल खत्री, गुल्मी भदौ ३१ ।
शनिवार बन्द हुँदै आएका गुल्मीको तम्घास बजार खुल्ला रहने भएको छ । दसैं तिहार जस्ता मुख्य चाडपर्वहरु नजिकिए सगै पर्वहरुलाई मध्य नजर राखेर शनिवार बन्द हुँदै आएको तम्घास बजार खुल्ला रहने निर्णय भएको छ ।
गुल्मी उद्योग वाणिज्य संघको आयोजनामा जिल्लाको सदरमुकाम तम्घास बजार सँगै ग्रामीण भेगका रिडी, वामीटक्सार, शान्तिपुर, वलेटक्सार, सिमलटारी,पुर्कोटदह,इस्मा मैदान लगायतका मुख्य बजारहरु पनि शनिवार बन्दै हुँदै आएका थिए ।

दसैं तिहारमा दैनिक उपभोग्य समानहरु सँगै पर्व बिशेष बिभिन्न सामानहरु किनमेल गर्न सहजहोस भन्दै बजार खुल्ला गर्ने निर्णय भएको वाणिज्य संघ गुल्मीका महासचिव ताराप्रसाद भुसालले जानकारी दिए ।

दसैं नजिकिए सँगै तम्घास बजार सहित ग्रामीण भेगका मुख्य बजारमा चहलपहल सुरु भएको छ । दसैं तिहार मनाउन स्वदेस तथा बिदेसबाट फर्किने क्रमम सुरु भएसँगै चहलपहल वढन थालेको छ ।

वाणिज्य संघ गुल्मीले स्थानिय उत्पादनलाई प्रोत्साहन गर्न भन्दै प्रत्येक शनिवार बजार बन्द गरेर हाट बजार सञ्चालन गर्दै आएको थियो । तर पछिल्लो केहि वर्ष यता हाटबजार पनि सँञ्चालनमा आउन सकेको छैन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend