logo
  • शनिबार, साउन ९ २०८३

यसपालीको दशैमा आउ बाबु घर (भिडियो सहित)


  • साझा नेटवर्क
  • शनिबार, साउन ९ २०८३

साझा नेटवर्क, बुटवल भदौ ३० ।
हिन्दुहरुको महान चाड बिजया दशमी, अझ घर देखि बाहिर भएका आफन्तहरु यो पर्वमा जमघटहुने रमाइलो गर्ने साथै , नया लगाउने मिठो खाने आफु आफु बिच माया र खुसि साटा साट गर्ने पर्वको रुपमा पनि चिनिन्छ ।
यहि दशैले कसैको घरमा खुशीको बहार ल्याइदिञ्छ भने कतिको घरमा निरास थपिदिन्छ । प्रदेशी भूमिमा रगत र पसिना चुहाउनेहरु दशैँ तिहारमा घरमा आउन नपाउदको पिडा त झनै छदै छ । त्यति मात्रै कहाँ होर स्वदेशमै विभिन्न काम गरि बस्ने हरुको पिडा पनि आफ्नै ठाउमा छ ।

त्यस्तै कथा व्यथाबोकेको दशैं तिहार गीत “यो दशैंमा आउ” हो, जहाँ देश र जनताको सुरक्षामा खटिएका शसस्त्र पुलिसहरुको बिसय बस्तुहरुलाई भिडियोमा प्रस्तुत गरिएको छ । बिष्णु माझि, बिष्णु खत्रीको स्वर तथा बिष्णु खत्रिकै शब्द संगीत रहेको गीतको निर्माता राजु महोत्रा हुन् ।

बिष्णु भट्टराईको निर्देशन रहेको भिडियो भर्खरै मात्रै सार्बजनिक भएको छ । सगुन शर्माको श्रीन्गार रहेको भिडियोमा रश्मि भट्ट, राजु महोत्रा, मीरा महोत्रा लगायतका कलाकारहरुको अभिनय देख्न सकिन्छ ।

अत्यन्तै मार्मिक र परिवारले आफ्नो सदस्य गुमाउनु पर्दाको पिडा यो भिडियोमा देखाउन खोजिएको छ । अविरल फिल्म्सले दृश्य निर्माण गरेको छ भने स्वाभिमान क्रियशनले बजार ब्यबस्थापन गरेको छ ।


हेरौ भिडियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend