साझा नेटवर्क
देवेन्द्र केसी ,नयाँ दिल्ली।
त्यसो त मोफसल को “सब सिटी” मानिने तानसेन का लोकप्रिय छाँयाकार तथा पत्रकार सन्तोष बस्याल औलामा गन्न सकिने सफल,सेलिब्रेटी पत्रकारको कित्तामा पर्छन ।
उनले खिचेका दर्जनौ लोक दोहोरी गितिसँग्रह ,आधुनिक एल्वम,फिचर तथा रिजनल मुभी र सर्ट मुभी हरु हिट भईरहदा उनि फेरी नयाँ पाटोमा आफ्नो कला चातुर्यता देखाएका छन र त्यो पाटो हो गित को शब्द तथा लय सङ्गलनको । त्यसो त सरसर्ती हेर्दा पत्रकार बस्याल को लय तथा संगित को सौख पनि पुरानो हो तर ब्यवसायिक रुपमा भने आफ्नै लगानीमा निर्मित लोक पप एल्वम “म त यो गाँउकी ठुली ” मार्फत बजारमा आएका छन ।
जे चिजमा हात हालेपनि सफल भएर निस्किएका सन्तोषको यसपाली को असन्तोष लाई भने “यो गाँउकी ठुली” अर्थात मोडेल मन्दिरा राना ले किनारा लगाएकी छिन । पाल्पाली गायिका मिनु गैह्रे ले स्वर भरेको एल्वम को शब्द तथा लय पत्रकार सन्तोष बस्यालको रहेको छ । “कानै मा मेरो नौरंगी ढुड्ग्री ,हेर मेरो नाकैमा फुली ,उफ्री उफ्री हिंड्छु मत यहाँ वहाँ …..हो म त यो गाँउकी ठुली …” गितमा मन्दिरा को जवानी लाई कुटिल ढड्गले पर्दामा उतारेका छन छाँयाकार बिजय पोख्रेल ले ।
कमल गाहा को निर्देसन रहेको एल्वम मा साईनिङ्ग स्टार डान्स एकेडेमी का कोरस डान्सरले मन्दिरा लाई साथ दिएका छन । युनिक मुभिज ले प्रोडक्सन गरेको एल्वम लाई हाईलाईट नेपाल प्रा लि ले बजारमा ल्याएको छ । “फरक किसिम को सुरुवात गरेको छु ।टिन एज उमेरका केटी हरुको चंचलता लाई पर्दामा उतार्ने कोसिस गरेको छु । दर्शकहरु माया र आशिर्वाद पाएको छु र पाईरहुँ “सन्तोष बस्यालले भने ।
युट्युवमा रिलिज हुने बितिक्कै आधा लाख भन्दा बढी दर्शकहरुले हेरिसकेको सो एल्वम ले सुपर ब्यापार गर्ने अनुमान नेपाली संगित ईन्ड्सट्रीका संगित पंडितहरुले गरेका छन ।हरेक क्षेत्रमा आफ्नो प्रभाव छोडेका बहु प्रतिभाका धनि र फेसबुक अकाउण्टमा “सेटिस्फेक्सन रिट्न्स” नामले बिश्व भरिका नेपाली माझ परिचित सन्तोष बस्यालको लय तथा शब्द ले नेपाली संगित बजारमा तहल्का मच्चाउन सफल होस सुभकामना हाम्रो पनि !!!
भिडियो हेर्नुहोस
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend