logo
  • शनिबार, भाद्र २० २०८३

NRNA गल्फ सह-संयोजकमा प्रविन गुरुङको उम्मेद्वारी


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

बिष्णु अधिकारी, कतार ।
गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद (एनआरएनए)को मध्यपूर्व सहसंयोजकमा प्रविन गुरुङले उम्मेदवारी घोषणा गरेका छन् । विश्व सम्मेलनको मिति नजिकिदै गर्दा एनआरएनएको २०१७–१९ कार्यकालका लागि एनआरएन अभियानका क्रियाशिल एनआरएनए कतारका द्धितिय उपाध्यक्षसमेत रहेका गुरुङले मध्यपुर्व सहसंयोजकमा उम्मेदवारी घोषणा गरेका हुन् ।
एनआरएनए अभियानमा विगत एक दशकदेखि आफु निरन्तर लागिरहेको बताउँदै गुरुङले आगामी दिनमा थप शसक्त ढंगमा एनआरएन अभियानमा आफूलाई समाहित गराउन नै मध्यपूर्वी सहसंयोजकमा उम्मेदवारी दिएको बताएका छन् । ‘प्रवासमा आर्जन गरेको सीप र पूँजीलाई एनआरएन अभियान मार्फत देशमा लगानी गर्न र गराउन म अगाडि आएको छु गुरुङले भने ।
चितवन नगरपालिका गुन्जनगरमा नेपल घर भएका गुरुङ विगत सन् २००९ देखि कतारमा व्यवसाय गर्दै आइरहेका छन् । उनी कतारको सफल व्यवसायीको रुपमा परिचित छन् । विभिन्न सामाजिक संघसंस्थामा आवद्ध रहदै कतारका धेरै क्षेत्रमा उल्लेख्य सहयोग गर्दै आइरहेका उनले खाडीका नेपालीहरुलाई एकवद्ध बनाई अगाडि बढ्नका लागि आफ्नो उम्मेदवारी आजको आवश्यकता रहेको बताएका छन् ।

गुरुङले सन् २०११ सालमा एनआरएनए कतारको पञ्जिंकृत सदस्यता लिएका थिए । उनी एनआरएनए कतारको २०१५–२०१७ को कार्यकालका लागि निर्विरोध निर्वाचित द्धितिय उपाध्यक्ष हुन् । आफ्नो कार्यकालको बारेमा कुरा गर्दै उनले भने ‘सामाजिक तथा संस्थाका योजना साथै विगत र वर्तमान अवस्थालाई बुझ्नका लागि आफ्नो कार्यकाल धेरै महत्वपुर्ण बन्यो भन्दै।

यो कार्यकालले अव कतारमा मात्रै नभई खाडीमा समेत मेरो सहभागीता हुनु जरुरी देखेको छु । त्यसका लागि पनि म आउदै गरेको विश्व सम्मेलनलाई मध्यनजर गर्दै सम्पुर्ण खाडी क्षेत्रको नेतृत्व गर्नका लागि गल्फ सहसंयोजकमा उम्मेदवारी दिने निर्णय गरेको गुरुङले बताए ।’ युवाहरुका समस्याहरुलाई नजिकबाट नियालेको बताउदै उनले भने ‘कतारमा व्यवसाय गरिरहेको छु ।

आर्थिक सहयोग मात्रै हैन केही भावनात्मक कार्यमा पनि मेरो मन जान्छ । कतारमा नेपाली युवाहरुका लागि धेरै अवसर पनि छ । मैले कैयौं नेपालीहरुलाई रोजगारी दिएको छु । त्यो मेरो व्यवसाय हो तथापी नेपालमा गलत बाटोमा हिडिरहेका युवाहरुलाई कतारमा ल्याएर सुधार्ने प्रयास गरिरहेको छु । उनीहरुका परिवारको आग्रहमा दुव्र्यसनीमा फसेका केही युवाहरु मैले अवसर पनि दिएको छु । उनीहरु अहिले राम्रो काम गरिरहेका छन ।

पारिवारीक तथा सामाजिक कार्यहरुमा संलग्नता राखिरहेका छन ।’‘युवाहरुको ठुलो जमात रहेको खाडी मुलुकमा युवाहरुलाई एकजुट बनाएर आफ्नो परिवार र मातृभुमी प्रती जिम्मेवारी वहन गर्नका लागी प्रेरणा दिन सकियो भने त्यो पनी एउटा ठुलो सहयोग हो जस्तो लाग्छ’, उनी भन्छन ।

विशुद्ध सामाजिक भावनाका साथ अगाडि बढिरहेको बताउने गुरुङले खाडीमा रहेका नेपाली समुदाय विच देखिएको विभेदका विरुद्धमा आवाज उठाउदै यहाँ स्थापित सबै संघसंस्थाहरुलाई एकजुट बनाएर नेपालीको छुट्टै पहिचान स्थापित गर्नका लागि आफु समाजिक एनआरएनएमा रहेर काम गर्ने बताएका छन् ।

उनले भने ‘एनआरएनए हामी प्रवासीहरुको विशुद्ध सामाजिक संस्था हो तर हामीले यहाँ कार्यरत नेपालीहरुलाई विश्वास दिलाउन नसकिरहेको अवस्थामा मैले आफ्नो ठाउबाट सक्दो पहल गरी हामी प्रवासी नेपालीको साझाँ संस्था हो भनेर चिनाउने प्रयास गर्ने छु । ’ गुरुङले कतारमा मेहनत र लगनशिलताले राम्रो सफलता पाइरहेका छन् । उनले शाखाहरु सहित २२ वटा कम्पनी कतारमा संचालन गरिरहेका छन् । उनी सन् २००४ मा कामदारको रुपमा कतार आएका थिए ।

सामान्य कामदारमा आएका उनको मेहनत र लगनशिलता नै सफलताका खुट्कीलाहरु रहेको बताउछन् । विभिन्न जटिल अवस्थाको सामना गदै आज यहाँ सम्म आईपुगेको उनी बताउछन् । उनले कतारमा सम्सरा थकाली भान्साघर संचालन गरेर नेपाल र कतारलाई जोडेका थिए ।

अहिले उनले ग्रिन ग्रास ट्रेडिङ्ग एण्ड कन्ट्याक्टिङ्ग , ह्वाईट कार्पेट क्लिनिङ्ग एण्ड हस्पिटालिटी र ह्वाईट मुन क्लिनिङ्ग एण्ड हस्पिटालिटी , ब्लु माउन्टेन क्लिनिङ्ग एण्ड कन्ट्याक्टिङ्ग,दोहा फरईभर क्लिनिङ्ग एण्ड कन्ट्याक्टिङ्ग, भिक्टर एण्ड भ्यालेन्टिनो टे«डिङ्ग एण्ड कन्ट्याक्टीङ्ग ,भिक्टर क्लिनिङ्ग , गुरुङ क्लिनिङ्ग एण्ड हस्पिटालिटी, उईन्टर टे«डिङ्ग एण्ड कन्ट्याक्टीङ्ग लगाएतका थुप्रै साखा कम्पनीहरु सन्चालन गरी नेपाली तथा विदेशीहरुलाई रोजगारीको अवसर दिइरहेका छन ।

व्यवसायको बारेमा राम्रै दख्खल राख्ने गुरुङले कतारमा नयाँ व्यवसाय शुरु गरे । उनले आजसम्म मध्यपूर्वमा रहेका नेपाली व्यवसायीहरुको भन्दा फरक व्यवसाय संचालनमा ल्याएका छन् । उनले कतारमा ‘द एम्बेसी क्लव’कतारको राजधानि दोहामा रहेको एक प्रतिष्ठत पाँचतारे होटल बेष्ट वेष्र्टन प्लसमा क्लव खुलिसकेको छ ।

मध्यपूर्वमा रहेका नेपालीहरुको समस्या समाधान तथा एनआरएनए अभियानलाई मजबुद बनाउदै लैजाने प्रतिवद्धता जनाउदै गुरुङले उक्त क्षेत्रमा रहेका एनआरएनएका सम्पूर्ण अभियन्ताहरुलाई मध्यपूर्व सहसंयोजकमा आफुलाई काम गर्ने मौका दिन आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend