साझा नेटवर्क
कमल पौडेल, बागलुङ भदौ २९ ।
राष्ट्रिय वाल दिवसको अवसरमा त्रिभुवन मावि खर्वाङमा विविध वौद्धिक तथा साँस्कृतिक कार्यक्रम सम्पन्न भएका छन् । वडिगाड गाउँपालिका वडा नं. २ को सहयोग तथा आयोजना र विद्यालयको संयोजनमा कार्यक्रम सम्पन्न भएको हो।
जस अन्तर्गत कक्षा ११ र १२ को लागी प्राविधिक शिक्षा आजको आवश्यकता विषायक अन्तरसदनात्मक वक्तृत्वकला प्रतियोगीता, कक्षा ९ र १० को लागी विज्ञान वरदान कि अभिसाप विषयमा वादविवाद प्रतियोगीता, कक्षा ६, ७ र ८ को लागी अन्तरसदनात्मक नृत्य प्रतियोगिता, कक्षा ४ र ५ को लागी अन्तर विद्यालय हाजिरि जवाफ प्रतियोगीता, कक्षा १, २ र ३ को लागी अन्तर विद्यालय हिज्जे प्रतियोगीता सम्पन्न भएको छ।
हाजिरि जवाफ प्रतियोगितामा भगवती प्रावि जिमि प्रथम, त्रिभुवन मावि खर्वाङ द्धितीय तथा रेमली टोला प्रावि सक्न्यार तृतिय भएका छन्। त्यस्तै १ देखि ३ कक्षा सम्मको हिज्जे प्रतियोगितामा रेमलीटोला प्रावि सक्न्यार प्रथम, भगवति प्रावि जिमि द्धितिय, त्रिभुवन मावि तृतिय तथा चण्डीथान प्रावि सान्तोना स्थान प्राप्त गरेका छन्।
कार्यक्रममै प्राविधिक धार तर्फका कक्षा ९ का विद्यार्थीहरुले कृषि खेतिमा विषदिको प्रयोग गर्दा हुन सक्ने जोखिम विषयमा जनचेतना मुलक नाटक प्रस्तुत गरेका थिए भने कराँते टोलीले आफ्नो प्रस्तुती प्रस्तुत गरेको थियो। कार्यक्रममा महिला समन्वय समिति वडिगाड गाउँपालिकाका अध्यक्ष विना कुमारी थापाले राज्यको वजेट तथा कार्यक्रम वाल मैत्रि हुनु पर्ने भन्दै निरन्तर महिला र वालवालिकाको पक्षमा वकालत गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ।
कार्यक्रममा त्रिभुवन माविका प्रधानाध्यापक ढालमणि भण्डारी, गाजा युवा क्लव फाउन्डेसनका सिर्जना कंडेल, भगवति प्रावि जिमिका प्रधानाध्यापक शिवलाल वन लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रममा वडिगाड गाउँपालीका वडा नं. २ का कार्यवाहक अध्यक्ष हिमा खरेलको अध्यक्षता, सामाजिक परिचालक गिता पोखरेलको स्वागत मन्तव्य तथा शिक्षक कमल पौडेलको संचालनमा सम्पन्न भएको थियो ।
त्यस्तै राष्ट्रिय वाल दिवसको अवसरमा खड्क देवि मावि तुन्डाडा विविध वौद्धिक तथा साँस्कृतिक कार्यक्रम सम्पन्न भएका छन् । वडिगाड गाउँपालिका वडा नं. १ को सहयोग तथा आयोजना र विद्यालयको संयोजनमा कार्यक्रम सम्पन्न भएको हो।
जस अन्तर्गत कक्षा ११ र १२ को लागी प्राविधिक शिक्षा आजको आवश्यकता विषायक अन्तरसदनात्मक वक्तृत्वकला प्रतियोगीता, कक्षा ९ र १० को लागी विज्ञान वरदान कि अभिसाप विषयमा वादविवाद प्रतियोगीता, कक्षा ६, ७ र ८ को लागी अन्तरसदनात्मक नृत्य प्रतियोगिता, कक्षा ४ र ५ को लागी अन्तर विद्यालय हाजिरि जवाफ प्रतियोगीता, कक्षा १, २ र ३ को लागी अन्तर विद्यालय हिज्जे प्रतियोगीता सम्पन्न भएको छ।
अन्तर प्रावि हाजिरि जवाफ प्रतियोगितामा खड्क देवि मावि प्रथम, दगा प्रावि द्धितिय, माइस्थान प्रावि तृतिय तथा सिद्धपुर प्रावि सान्त्वना भएका छन्। त्यस्तै १ देखि ३ कक्षा सम्मको हिज्जे प्रतियोगितामा खड्क देवि मावि प्रथम, माइस्थान प्रावि द्धितिय, सिद्धपुर प्रावि तृतिय तथा वेतनी प्रावि ले सान्त्वना स्थान प्राप्त गरेका छन्। कार्यक्रममा खड्क देवि मावि का अध्यक्ष निम वहादुर भुजेल, प्रधानाध्यापक वेद प्रसाद पोखरेल, लगाएतले वोल्नुभएको थियो।
कार्यक्रम वडा नं. १ का अध्यक्ष वोम वहादुर थापाको अध्यक्षता, वडा सदस्य नरेन्द्र घर्तिको स्वागत मन्तव्य तथा वडा सचिव गिता पौडेलको संचालनमा सम्पन्न भएको थियो । साविक दगातुन्डाडा गाविसको वालवालिका शिर्षकको खर्च हुन वाँकी रकमवाट सो कार्यक्रम गरिएको हो ।










© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend