logo
  • शुक्रबार, साउन ८ २०८३

एस.पि.आर. सिङ्गीङ आइकन काठमाडौ अडिसन भाद्र ३१मा हुँदै


  • साझा नेटवर्क
  • शुक्रबार, साउन ८ २०८३

महेन्द्र प्रसाद पोखरेल ।
एस.पि.आर.क्रीयसन नेपाल डट कमको आयोजनामा शुरु भएको एस.पि.आर. सिङ्गीङ्ग आइकनको पहिलो चरणको अडिसन यहि श्रावन २७ गते उरा डान्स म्युजिक थिएटर, काभ्रे बनेपामा सम्मन्न भएको छ ।

प्हिलो चरणमा सहभागी मध्य ५७ जना सहभागीहरुलाई अर्काे चरणको लागी छनौट गरिएको छ । सुरेन्द्र श्रेष्ठ, प्राश्ना पाण्डे, विनोद बञ्जारा, रामहरी न्यौपाने साथमा सेलिब्रेटी निर्णायकहरुमा नायिका तथा निर्मात्री शुभेच्छा थापा र मोडल उषा लिङ्गदेल गरि ६ जना निर्णायकहरुको संयुक्त निर्णयवाट उक्त ५७ जनालाई छनौट गरिएको हो ।

नव प्रतिभावान कलाकारहरुको प्रतिभालाई प्रष्फुटन गर्न र गराउनका लागी साथै नेपाली कला संस्कृतिको संरक्षण, सम्बद्र्धन र प्रबद्र्धनमा सहयोग पु¥याउने उद्देश्यले सुरु गरिएको गायन क्षेत्रका विषयमा एस.पि.आर. सिङ्गीङ्ग आइकन को दोस्रो चरणको अडिसन यहि भाद्र ३१ गते उज्वल पार्टी प्यालेस,जडिबुटी काठमाडौमा हुदैछ ।

दोस्रो चरणको काठमाडौ अडिसनको लागी फाराम खुल्ला गरि सकेको छ । जो कोहीले पनि अडिसनमा भाग लिन पाउने उक्त एस.पि.आर. सिङ्गीङ्ग आइकनमा जुनै स्थान र उमेरकाले पनि सहभागी जनाउन सकिने कुराको जानकारी आयोजकले दिनु भएको छ ।

अरनिको टेलिभिजन र काष्ठमण्डपका साथ प्राईम एफ.एम., ग्रेस एफ.एम., रेडियो सुनकोसी, रेडियो मेलम्ची, रेडियो मस्ती, रेडियो प्लानेट साथमा प्रभातफेरी साप्ताहीक यस कार्यक्रमका मिडिया पाटनरहरु रहेका छन् । अडिसन राउण्ड देखि फाईनल राउण्ड सम्मको सम्पुर्ण कार्यक्रमहरु टेलिभिजन वाट प्रसारण हुने उत्त कार्यक्रममा नेपालका विभिन्न संघ संस्थाहरुको पनि सहभागी रहने छ ।

एभ्री टाईम्स् , जय अम्बे टेडर्स र यति बेभ्रेज सह प्रायोजन रहेको उक्त कार्यक्रमलाई फराकीलो र वृहत वनाउनका लागी राष्ट्रीय स्तरका संघ संस्थारु एक्स पोज नेपाल डट कम , रन वे नेपाल , नेपाल मोडलिङ्घ संघ , रोयल नेपाल डट कम, नेपाल संगितकर्मी , कलाकार, नृत्यकार , इत्यादी संघ संस्थाहरु संग हातेमालो गरिएको छ ।

साथमा काभ्रे उद्योग वानिज्य संघका अध्यक्ष सुरकृष्ण बैध, वरिष्ठ सञ्चारकर्मी भोला थापा, समाजसेवि जगन्नाथ गिरी, अटो नेपालका भुषण कुमार श्रेष्ठ, चलचित्र निर्माता विश्व बञ्जारा इत्यादी ब्यक्तीत्वहरु सल्लाहकार रहनुले पनि यो कार्यक्रम पृथक हुनेमा आयोजक विश्वस्त छ ।

ट्याक्क राउण्ड देखि निर्णायक भोटिङ्ग ३०% , एस.एम.एस. भोटिङ्ग ३०% , यु ट्युव भोटिङ्ग ३०% र फाईनल राउण्डमा जुरी निर्णायक भोटिङ्ग १०% रहने भएको छ । जस्को कारण यो कार्यक्रम निष्पक्ष हुनेमा कुनै दुई मत पक्कै छैन ।

एस.पि.आर. क्रीयसन नेपाल डट कमको आफ्नै यु ट्युव च्यानल एसपिआर क्रीयसन र एस.पि.आर. क्रीयसन नेपाल डट कम फेशबुक लाईक पेज वाट हरेक गतिविधीको जानकारी लिन सकीने छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend