logo
  • शनिबार, असोज १० २०८३

स्वर्गिय जयलाल तथा हिरादेविको स्मृतिमा त्रिभुवन मावि खर्वाङमा एक लाखको अक्षयकोष स्थापना


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

कमल पौडेल,बागलुङ भदौ २७ ।
स्व.जयलाल खरेलको को १३ औं दिनको पुण्य तिथिमा उहाँका छोराहरुले त्रिभुवन मावि खर्वाङमा एक लाख वरावरको अक्षय कोष स्थापना गर्नुभएको छ।

पिता जयलाल तथा माता हिरा देविको स्मृतिमा छोराहरु नरिश्वर खरेल, स्व. दुर्गा खरेल, घनश्याम खरेल, रामजी प्रसाद खरेल, र वावुराम खरेलले सो अक्षय कोषको स्थापना गरिएको छ। त्रिभुवन माविका वरिष्ठ चन्दादाता रहनुभएका जयलाल खरेलको भाद्र १४ गते वुटवलमा निधन भएको थियो। त्यस्तै हिरा देविको गत वर्ष निधन भएको थियो।

अक्षयकोष रकम हस्तान्तरण कार्यक्रममा छोरा घनश्याम खरेलले वावाआमाको स्मृतिमा सो कोषको स्थापना गर्न लागिएको भन्दै विद्यालयको प्रगतिको कामना गर्नुभएको थियो। कार्यक्रममा अक्षयकोष वुझ्दै प्रधानाध्यापक ढालमणि भण्डारीले कोषको सहि सदुपयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो। कार्यक्रम परिवारको तर्फवाट खडानन्द खरेलले संचालन गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend