logo
  • शनिबार, असोज १० २०८३

बागलुङको बडिगाड २ को वैठक सम्पन्न


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

कमल पौडेल,बागलुङ भदौ २७।
बडिगाड गाउँपालिका वडा नं. २ को वडा समितिको वैठक आज खर्वाङमा सम्पन्न भएको छ।
वैठकले प्रस्तावित योजनाको लागत अनुमान गराउन तत्काल प्राविधिक माग गर्ने, जि.स.स.को भवन खर्वाङ तथा खर्वाङको तल्लो वजार जाने मोटरवाटो र हाडिखोलाको पुरानो वाटो मध्यपहाडि लोकमार्ग मा परेको तर लोकमार्ग निर्माण कार्यालयले सोवाटो निर्माण नगरेकोले तत्काल निर्माणको लागी अनुरोध गर्ने निर्णय गरेको छ।

त्यस्तै वडा नं. २ मा स्वास्थ्य चौकी नभएकोले गाउँपालिकामा माग गर्ने, विजया दशमीको अवसरमा प्रत्येक टोलमा १ गते अनिवार्य वाटोघाटो मर्मत तथा सरसफाई गर्ने र प्रत्येक महिनाको २ पटक गल्ली तथा टोल सफाई कार्यक्रम संचालन गर्ने निर्णय गरेको छ। त्यस्तै वैठकले प्रत्येक महिनाको १० गते र मसान्तमा अनिवार्य वैठक वस्ने पनि निर्णय गरेको छ।

त्यस्तै वडा नं. २ मा खिमलाल गिरि र लोक वहादुर थापा लाई सुकुम्वासीको रुपमा पहिचान गर्ने निर्णय गरेको छ। वडिगाड गाउँपालिकाले भाद्र मसान्त सम्म सुकुम्वासीको पहिचान गर्न प्रत्येक वडा तथा टोललाई निर्देशन दिएको छ। वैठक कार्यवाहक वडा अध्यक्ष हिमा खरेलको अध्यक्षता तथा वडा सचिव गिता पौडेलको संचालनमा सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend