साझा नेटवर्क
कुमार अविरल पन्थी, कतार ।
विगत ६ महिनादेखि कतारमा अलपत्र परेका गुल्मी मदाने गाउपालिका वडा न. ६ पुर्कोटदहका राजेश घर्तीलाई उद्धार गरिएको छ । कतारमा सामाजिक क्षेत्रमा सक्रिय रुपमा अगाडी बढिरहेको गुल्मी सेवा समाज कतारले राजेसलाई उद्धार गरी स्वदेश फर्काएको हो ।
बुटवलमा घर भै कतारमा वस्दै आएका लिला जिसिको समन्वयमा राजेश घर्ति सहित खोटाङका दिनेश कटुवाल, गंगा बहादुर कटुवाल, विर बहादुर खड्का, सुर्खेतका जीत बहादुर विक भोजपुरका इरज राई र संखुवासभाका पुस्प भारतीलाई उद्धार गरी गत सनिवार नै नेपाल फर्काइ सकिएको छ ।
काठमाडौंको बसुन्धरा स्थित राप्ति प्लेसमेन्ट सर्भिसबाट अन्टारटिक ट्रेडिङ एण्ड कन्ट्रयाक्टिंग कम्पनीमा आएका उनीहरुले न त नेपालमा भने बमिजोम सुबिधा नै पाए नत तलब नै पाए । ६ महिनासम्म काम गर्दा समेत कम्पनीबाट तलब सुबिधा नपाएपछी उनीहरु समस्यामा परेका थिए । उनीहरु आएको राप्ति प्लेसमेन्ट सर्भिसका सञ्चालक र कतारमा कामदार सप्लाइ गर्ने रविन्द्र अधिकारी रहेको रहस्य खुल्न आएको छ ।
कम्पनीमा अन्य नेपाली कामदारहरु बिष्णु ब. सेन पाल्पा, गणेश बगाले, सुमन लिम्बु झापा, बिष्णु चौधरी सप्तरी, श्याम लिम्बु, प्रकाश लिम्बु तेह्रथुम, बन्दन परियार भोजपुर, कविराज बुढामगर, नविन बुढामगर प्यूठान,सुर्य थापा उदयपुर, बर्मा प्रसाद, आमन कार्की रुपन्देही, बसन्त राई धादिङ, कमल राई धनकुटा, जस ब.मोक्तान ईलाम, जितमान तामांग पाँचथर, पल्तु चौधरी दाङ रहेको उनीहरुले बताएका छन् ।
पिडितहरुलाई उद्धारमा सहयोग गर्ने नेपाली राजदुतावास कतार, लिला जिसी लगायत उद्धारमा सहयोग पुराउने सबैलाई गुल्मी सेवा समाज कतारले धन्यवाद व्यक्त गरेको छ ।
नेपाल फर्किन पाएर निकै खुसि बनेका पिडितहरु भन्छन – गुल्मी सेवा समाज, नेपाली राजदुतावास कतार, लिला जिसी लगायत हामीलाई उद्धार गर्ने यहाँहरु हाम्रो लागि भगवान समान हुनुहन्छ । जसले हामीलाई यो परदेशको ठाउमा कष्टकर जीवनबाट उद्धार गर्नुभयो ।
यहाँहरुको यो गुण कहिले भुल्ने छैनौ भन्दै बिशेष धन्यवाद प्रकट गरे । साथै उनीहरुलाई सहयोग पुराउने यहाका बिभिन्न सामाजिक सस्थाहरु प्रति पनि आभारी रहेको बताए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend