logo
  • शनिबार, असोज १० २०८३

निशुल्क शिविरमा ३ हजार ३ सय ८६ जनाले सेवा लिए


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

कमल पौडेल, बागलुङ भदौ २४ ।
ब्रिटिस गोर्खा वेलफेयर स्किम जि.डब्लु.एस.को आयोजना तथा कादुरी एग्रिकल्चर एड एसोसियसन के ए ए ए को संयुक्त प्रायोजनमा मुसिकोट नगरपालिका ७ वामीमा चलेको ३ दिने निशुल्क स्वास्थ्य शिविर सकिएको छ। शुक्रवार तेश्रो दिन ११ सय ७७ जनाको स्वास्थ्य परिक्षण गरिएको आयोजकले जनाएको छ।

सो स्वास्थ्य शिविरवाट ३ हजार ३ सय ८६ जनाको स्वास्थ्य परिक्षण गरिएको छ।
जस अन्तर्गत १७ सय ६७ जनाको साधरण स्वास्थ्य परिक्षण गरिएको थियो। त्यस्तै शिविरमा ११ सय ६८ जनाको आँखा परिक्षण गरिए मध्य ८३ जनाको मोतियाविन्दुको शल्यक्रिया गरिएको छ।

त्यस्तै ४ सय ८६ जनाको दाँतको परिक्षण गरिएकोमा २ सय ३० जनाको शल्यक्रिया गरिएको छ। ४ सय ८४ जना महिलाको स्त्रीरोग सम्बन्धि स्वास्थ्य परिक्षण गरिएकोमा १६ जनाको साधारण सल्यक्रिया सहित उपचार गरिएको गोर्खा वेयलफेयर एरिया अफिसर गम वहादुर थापाले जानकारी दिनुभएको छ।

थापाका अनुसार शिविरमा २७ दिनको वच्चा देखि ९५ वर्ष सम्मका वृद्धको उपचार गरिएको छ। शिविरमा गुल्मी जिल्लाका २७ सय २७ जना, बागलुङ जिल्लाका ६ सय ५९ जना तथा अन्य जिल्लाका ४ जना को स्वास्थ्य परिक्षण गरिएको छ।

महेन्द्र आदर्श माविको प्रांगणमा भएकोे सो शिविरमा स्वास्थ्य परिक्षण, आँखाको मोतीयाविन्दुको शल्यक्रिया, दन्तरोग तथा सामान्य स्त्री सम्बन्धि रोग को निशुल्क परिक्षण गरिएको थियो भने औषधि पनि निशुल्क उपलब्ध गराइएको थियो।

मोतियाविन्दुको प्रा.डा. सल्मा केसि राई नेतृत्वको टोलीले सल्यक्रिया गरेको एरिया अफिसर थापाले जानकारी दिनुभएको छ। शिविर समापन समारोहमा शिविर मा सहभागि डाक्टर, सहयोगी संस्था तथा व्यावस्थापनमा सहयोग गर्ने महानुभावहरुलाई सम्मान गरिएको थियो।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend