logo
  • शनिबार, असोज १० २०८३

कतारमा अलपत्र ७ नेपालीको उद्धार, शनिवार नेपाल फर्काउने तयारी


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

कमल पौडेल, बागलुङ भदौ २३ ।
कतारमा अलपत्र परेका ७ जना नेपालीको उद्धार गरिएको छ। बुटवलमा घर भै कतारमा वस्दै आएका लिला जिसिको समन्वयमा गुल्मी मदानेका राजेश घर्ति, खोटाङका दिनेश कटुवाल, गंगा बहादुर कटुवाल, विर बहादुर खड्का, सुर्खेतका जीत बहादुर विक भोजपुरका इरज राई र संखुवासभाका पुस्प भारती लाई उद्धार गरिएको हो।

उद्धार गरिएका सातै जना शनिवार नेपाल फर्काउने तयारी भएको कतारवाट उद्धारमा संग्लग्न भएका चन्द्र सुर्य प्रकाश शर्माले जानकारी दिनुभएको छ।

विभिन्न प्रलोभनमा परि कतार पुगेका सातै जनाको उद्धार गरिएको र यो भन्दा पहिले पनि २० जनाको उद्धारगरि नेपाल पठाइएको जिसिलाई उदृत गर्दै कतारवाट चन्द्र सुर्य प्रकाश शर्माले जानकारी दिनुभएको छ ।

उद्धार गरिएका सात जना राप्ती प्लेसमेन्ट सर्भिसवाट कतार पुगेको र नेपालवाटै कतार पुगी कम्पनि खोली पाँच महिना सम्म तलव नदिएर अलपत्र परेकाहरुको उद्धार गरिएको शर्माले जानकारी दिनुभएको छ।

शर्मा तथा जिसिले उद्धारमा सहयोग गर्ने नेपाली राजदुतावास र टिकटको लागी सहयोग गर्ने गुल्मी सेवा समाजलाई धन्यवाद दिनु भएको छ। उद्धार टोलीले नेपालवाट कतार जाने दाजुभाईहरुका लागी कतारको कानुन सहित आवश्यक कुरा वुझेर मात्रै जान आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend