साझा नेटवर्क
विमल नेपाली, बाग्लुङ भदौ २३ ।
हिन्दुहरुको महान पर्व विजया दशमीको पावन अवसरमा सञ्चारकर्मी तथा लोकदोहोरी गायक तिलक मगर र मनिशा पुनले “पागल बनी हिडछु” लोक गीतीसंग्रह बजारमा लिएर आएका छन ।
सञ्चारकर्मी तिलक मगर र मनिशा पुनको स्वर रहेको यो गीतमा किशोर खत्रीले लय सिर्जना गरेका छन । जसको शब्द भने तिलक मगर आफैले लेखेका छन ।
रुपन्देही र पाल्पाका बिभिन्न ठाँउमा सुटिङ गरिएको यस गीतमा राजन बिशुकर्मा र राधा पोखरेलले अभिनय गरेका छन ।
जुन गीतको निर्देशन सफल सहयोगी लम्सालले गरेका हुन भने छायंकन पे्रम बहादुर अर्यालले गरेका छन । जनता डिजिटलबाट बजारमा आएको यस गीतको दृश्य निमार्ण बुटवल टि.भी. नेपालले गरेको हो । बिशेष गरी माया प्रेममा आधारित यस गीतले धेरै दर्शक श्रोताको मन जित्न सक्ने आशा गरेका छन तिलक मगरले ।
को हुन सञ्चारकर्मी तिलक ? यस्तो छ उनको विगत
बागलुङको पश्चिम बडिगाड गाउँपालिकाको वडा नम्बर ३ सिसाखानीमा जन्मिका सञ्चारकर्मी तिलक सानै देखि गितसंगितमा एकदम रुची राख्थे । कक्षा १० सम्मको अध्ययन गाउँमै सकेका मगर सञ्चारकर्मी बन्ने सपना बोकेर खर्वाङ झरे ।
खर्वाङमा झरेसँगै सञ्चारकर्मी चाहानासँगै अध्ययनलाई पनि अगाडी बढाउन थाले । यसैक्रममा एउटा मौका आयो जसले उनको सञ्चारकर्मी बन्ने सपनालाई सार्थकता दिन सक्थ्यो ।
२०७१ सालमा गुल्मीको वामीटक्सारमा रहेको रेडियो पुष्पाञ्जलीले सञ्चालन गरेको एकहप्ते रेडियो उदघोषण तथा पत्रकारिता तालिममा उनी आफनो सपना पुरा गर्नका लागि सहभागि भए । तर उनलाई त्यो अवसर नै पर्याप्त थिएन ।
समय न हो, उनले अध्ययनलाई नै पहिलो प्राथमिकता दिनुप¥यो । अध्ययनसँगै आफनो सञ्चारकर्मी बन्ने सपना बोकेर भौतारिई रहेका मगरको सपना अन्त्यमा खर्वाङमा रहेको रेडियो सारथीले साकार पारिदियो ।
उनले रेडियोमा चलचित्र र आधुनिक गीत सम्वन्धि कार्यक्रम चलाउथे । यसरी नै दिनचयाँ विताउने उनमा रेडियोको यात्रासँगै साङगितिक क्षेत्रमा लाग्ने अर्को चाहान पलायो र उनीले रेडियोसँगै साँगितिक क्षेत्रमा अगाडी बढने अठोट गरे । मगर वरपर तथा गाउँमा हुने साँगितिक कार्यक्रममा पुग्न भ्याउथे ।
सञ्चारकर्मी बन्ने सपना साकार पारिदिएको रेडियो सारथीबाट विदाई भएर उनी गुल्मी जिल्लाकै लोकप्रिय रेडियो रुरु एफ एमसँग जोडिन पुगे । कामसँगै अध्ययनलाई अगाडी बढाएको उनको सांगितिक यात्राले तव सफलता पायो जब उनले आफनो पहिलो एल्वम बजारमा लिएर आए ।
धरातल अनलाईनसँगको विशेष कुराकानीको क्रममा सञ्चारकर्मी तथा नवदित गायक मगरले भोलीको दिनमा पनि आफनो अध्ययन, सञ्चार र संगितको यात्रालाई जारी राख्ने बताए । अहिले उनी रुरु एम एममा लोक दोहोरी क्षेत्रका कार्यक्रम चलाउदै आएका छन ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend