logo
  • शनिबार, असोज १० २०८३

अनुगमनमा जाँदा मुसिकोट नगरका मेयर सापकोटा घाइते


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

कमल पौडेल, बागलुङ भदौ २२।
गुल्मीको मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटा दुर्घटनामा परि घाइते हुनुभएको छ। वामी टक्सार अर्लाङकोट हुँदै काँडेवास हटिया जोड्ने निर्माणाधिन मोटरवाटोको अनुगमन तथा निरिक्षण गर्ने क्रममा माथिवाट खसेको ढुंगाले लाग्दा सापकोटा घाइते हुनुभएको हो।

सापकोटाको वाँया हात तथा खुट्टामा चोट लागेको पारिवारीक श्रोतले जानकारी दिएको छ। आज विहान ११ वजेतिर नगरपालिकाको वडा नं. ७ स्थित बसेरी नजिकैको स्थानमा माथिवाट खसेको ढुंगाले सापकोटलाई लागेको हो ।

सापकोटाको तत्कालै वामीमा चलिरहेको स्वास्थ्य शिविरमा पुर्याई प्राथमिक उपचार गरिएको र स्वास्थ्यकर्मिले का अनुसार बाँया हातको बुढि औंलामा काटेको तथा हत्केलामा माझि औंलाको हड्डि भाँचिएको हुन सक्ने भएकोले वुटवलमा रिफर गरेको पत्रकार लोकप्रसाद छन्त्यालले जानकारी दिनुभएको छ ।

सापकोटाकि श्रीमति सिताले उहाँको वुटवलमा उपचारको लागी गएको र अवस्था सामान्य रहेको जानकारी दिनुभएको छ । प्रत्यक्ष दर्सिका अनुसार ठुलो ढुंगावाट वचेको र सानो ढुंगाले लागेको वताएका छन ।

संगै रहेका मुसिकोट नगरपालिकाका कार्यकारी अधिकृत धनश्याम न्यौपानेले ठूलो दुर्घटनामा वाँचिएको वताउनु भएको छ । सो मोटरवाटो निरिक्षणको लागी सापकोटा संगै नगर कार्यालय प्रमुख घनश्याम न्यौपाने, समाजसेवी अग्नीधर लोहनी, निर्माण कम्पनीका प्रतिनिधि, इन्जिनियर लगाएतको टोली निर्माण स्थलमा पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend