साझा नेटवर्क
कमल पौडेल, बागलुङ भदौ २१ ।
गल्कोट नगरपालिका वडा नं. ११ ले शैक्षिक सुधार को लागी वडा भित्रका विद्यालय तथा वालविकास केन्द्रहरुमा सुरु गरेको अनुगमन बुधवार पनि जारी रहेको छ। वडा अध्यक्ष डम्बर वहादुर श्रीसको टोलीले आज रत्नलक्ष्मी मावि रिघामा अनुगमन निरिक्षण तथा अन्तरक्रिया छलफल गरेको छ ।
सो क्रममा वडा अध्यक्ष श्रीसले विद्यालयमा शैक्षिक सुधारको लागी शिक्षक, विद्यार्थी, अभिभावक, तथा विद्यालय प्रशासन जागरुक हुनुपर्ने वताउनु भएको थियो । श्रीसले कुनै पनि विषयको समस्या हुँदा समाधान पनि संगै हुने भन्दै विद्यालय संग सम्बन्धित पक्ष जिम्मेवार हुनुपर्ने र वडा कार्यालय सधै शैक्षिक विकासको लागी सकारात्मक रहेको वताउनु भएको छ।
कार्यक्रममा शिक्षकहरुको तर्फवाट सहायक प्रधानाध्यापक तुल वहादुर श्रीस, विद्यालयका सल्लाहकार टंक श्रीस लगाएतले विद्यालय नतिजा मुखि उपल्ब्धीको लागी लाग्नुपर्ने वताउनु भएको थियो। कार्यक्रम विद्यालय व्यावस्थापन समिति अध्यक्ष दान तारा पुनको अध्यक्षता तथा प्रधानाध्यापक दामोदर शर्मा को संचालनमा सम्पन्न भएको थियो।
आज को वैठकले यहि भाद्र ३० गते जिशिकाको उपस्थितिमा अभिभावक, विद्यार्थी र शिक्षकहरु विच अन्तरक्रिया कार्यक्रम गर्ने र आवश्यकता र समस्याको पहिचान गर्ने निर्णय गरेको छ। त्यस्तै टोलीले आजै छिचिम्रा प्राथमिक विद्यालय छिचिम्रा पोखरी मा पनि अनुगमन तथा अन्तक्रिर्या कार्यक्रम सम्पन्न गरेको छ।
सो कार्यक्रममा वडा अध्यक्ष डम्बर श्रीसले शिक्षाको आधारभूत जग प्राथमिक विद्यालय भएकोले वालवालिकाको मनोवैज्ञानिक विकास तथा सकारात्मक सोचको विकास आधारभूत तहवाट गर्नुपर्ने वताउनु भएको छ। कार्यक्रम विद्यालय व्यावस्थापन समितिका अध्यक्ष होम वहादुर श्रीसको अध्यक्षता तथा प्रधानाध्यापक भक्त श्रीसको संचालनमा सपन्न भएको थियो।
त्यस्तै अध्यक्ष डम्बर वहादुर श्रीसले जनता वालविकास केन्द्रको पनि अनुगमन तथा निरिक्षण गर्नुभएको छ। वालविकास केन्द्रमा भएको कार्यक्रम वालविकास व्यावस्थापन समितिका अध्यक्ष सुमन श्रीसको अध्यक्षता तथा सहजकर्ता होमु साहिको संचालनमा सम्पन्न भएको थियो।
गल्कोट नगरपालिका वडा नं. ११ रिघाले वडा भित्रको शिक्षा निति निर्माण गरि वडा भित्रका सवै विद्यालय अनुगमन गर्ने र आवश्यक पृष्ठपोषण सहित शैक्षिक सुधार गर्ने उद्धेश्य साथ कार्यक्रम संचालन गरिएको वडा अध्यक्ष तथा शिक्षा समितिका अध्यक्ष समेत रहनुभएका डम्वर श्रीसले वताउनु भएको छ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend