logo
  • शनिबार, भाद्र २० २०८३

मृगौला पिडित सबितालाई करिव २ लाख आर्थिक सहयोग


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

रुद्र शर्मा, कतार ।
कतारको अल तामिज क्लिनिक कम्पनिमा काम गर्दै आएकी मृगौला पिडित सबिता नेपालीलाइ सोहि कम्पनिमा कार्यरत उसका केहि साथी भाइ हरुले आर्थिक संकलन गरि गत १६ अगस्ट २०१७ का दिन १ लाख ९० हजार ३ सय रुपया पिडित सबिता परिवारलाइ नै हस्तान्तरण गरेका छन् ।
पिडित सबिता शंखरपुर नगरपालिका वार्ड न.९ काठमाडौं बिबासी हुन् । पारिवारिक स्थिति अत्यन्तै नाजुक भएको कारण बिगत ५ बर्ष देखि कतार स्थित अल तामिज क्लिनिक कम्पनिमा कार्यरत थिइन ।

करिब २ महिना पहिले सबितालाइ क्यान्सर रोग लागेको थाहा पाए पश्चात ४५ दिन जति कतारको हामद अस्पतालमा उपाचार गराउदै आएकी थिइन् । उपाचारको क्रममा उसलाई हमाद अस्पताल रिफर गरे पश्चात २ हप्ता पहिले नेपाल गएर ओम अस्पताल उपाचार गराउदै छिन ।

दुवै मृगौलाले काम नगरेको हुदा प्रत्यक २ दिनको फरकमा डाइलोसिस गरिरहेकि छन् । मृगौला प्रत्यारोपण गर्नको लागि करिब १० लाख रुपया खर्च लाग्ने अनुमानित गरिएको पारीवार पक्षले बताउछन ।

करिब ३२ बर्षिया सबिताका एक नाहबालक छोरा छन् कतार आउनु अगाबै श्रीमानले दोश्रो विबाह गरेका थिए । पारिवारिक स्थिति नाजुक भएको कारण आफ्नो नहाबालक लाइ पालन पोषणको निमित्त कतार आईकी थिईन । श्रीमानले दोश्रो बिबाह गरे पश्चात सबितालाई कुनै पनि तरहबाट हेरेका छैनन् ।

मृगौला पिडित सबिता नेपालीको आर्थिक अवस्था अत्यन्तै नाजुक रहेको हुदा निजलाई स्वइच्छा आर्थिक सहयोग गरिदिन समेत अपिल गरिकी छन् ।

आफु काम गर्ने कम्पनीका खोटांग जिल्ला घर भएका चुडामणि पुरी र उनीकी साथी सिता कुवार लागएतका साथीहरुले उक्त संकलित रकम सबिता नेपालीलाइ आइ एम इ मार्फत सोहि मृगौला पिडित सबिता नेपालीको नाममा नेपाल पठाएका थिए । सहयोग संकलन गर्ने सम्पूर्णलाई सविताले एक मुस्ट धन्यवाद समेत दिएकी छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend