logo
  • शनिबार, असोज १० २०८३

इस्मा गाउँपालिकामा रेडियोदेखि प्रयोगशाला सम्म – बजेट र कार्यक्रम


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

टोपलाल अर्याल, गुल्मी भदौ २१ ।
इस्मा गाउँपालिकाले केहि महत्वकांक्षी योजना अगाडी सार्दै पुर्वाधार विकासमा जोड दिएको छ । इस्मा गाउँपालिकाको गाउँ सभाले भौतिक पुर्वाधार तर्फ“योजनावद्ध र बलियो पूवाधार  दिगो विकासको आधार” भन्ने नारा तय गरेको छ । जसमा ६ महिना भित्रमा इस्मा गाउँपालिकाको विकास गुरु योजना निर्माण गरिने छ । त्यसका लागि २० लाख बजेट विनियोजन भएको छ ।

४ सय घरमा टीनका छाना

इस्मा गाउँपालिकाले“जनतालाई हाम्रो भरः विपन्नलाइ सुरक्षित घर” अभियान अन्तरगत यस बर्ष चार सय घरमा खरका छाना विस्थापित गर्न १ करोड विनियोजन गरेको छ । जसका लागि खरका छाना भएका घर परिवारको तथ्यांक संकलन भएको छ । केहि समयमै काम शुरु हुने गाउँपालिकाले जनाएको छ ।

त्यस्तै “इस्मा गाउँपालिकाको शानः उज्यालो गाउँपालिका हाम्रो अभियान” अन्तरगत सबै बस्ती तथा घरघरमा विद्युत सेवाको पहुँच पु¥याउने लक्ष्य गाउँपालिकाको रहेको छ । जसका लागि गाउँ सभाबाट २० लाख विनियोजन भएको छ । गाउँपालिका भित्र रहेका मोटरबाटोे निर्माण, स्तरोन्नत्ति एवं मर्मत संभार, गाउँपालिका भित्रका वडा कार्यालय देखी गाउँपालिका सम्मका स्थानीय सडकहरुमा सडक हेरालु (लेन्थ वर्कर) को व्यवस्था, कृषि उत्पादनमा बृद्धि गर्नको लागि सिंचाई कुलो निर्माण तथा मर्मत, गाउँपालिका भवन निर्माण, जग्गा व्यवस्थापन, विभिन्न सरकारी तथा सामुदायिक भवन निर्माणमा इस्मा गाउँपालिकाले बजेट बिनियोजन गरेको छ ।

गाउँपालिकाकै लगानीमा रेडियो संचालन

इस्मा गाउँपालिकाले सूचना प्रविधिको तिब्र विकास, जनताको सुशुचित हुने अधिकारलाई समेत मध्ये नजर गर्दै आफ्नै लगानीमा रेडियो संचालन गर्न बजेट बिनियोजन गरेको छ । गाउँपालिकाका हरेक गतिविधी जनता सम्म र जनताका पीडा पालिकासम्म ल्याउन रेडियो संचालनको तयारी भएको गाउँपालिका कार्यकारी अधिकृत सरोज पोख्रेलले बताए ।

जसका लागि अहिले २५ लाख बिनियोजन गरिएको छ । आवश्यक कार्यविधि मार्फत एफ.एम. रेडियो सन्चालन गर्ने कार्यक्रम अगाडी सारिएको पोख्रलले जानकारी दिए । गाउँ सभाले पुर्वाधार विकास तर्फ सात करोड ९ लाख ५६ हजार पाँच सय बिनियोजन गरेको छ ।

सुत्केरी भत्ता बृद्धिदेखि प्रयोगशाला सम्म

सामाजिक विकासमा इस्मा गाउँपालिकाले दुई करोड ९१ लख ९३ हजार पाँच सय बजेट बिनियोजन गरेको छ । स्वास्थ्य तथा जनसंख्या विकास तर्फ सुत्केरी महिलाहरुको पोषणमा सुधार गर्न दुइ पटक सम्मको लागि प्रति सुत्केरी एक हजारका दरले सुत्केरी भत्ता, गरिब तथा विपन्न वर्गका जनतालाई आधारभुत स्वास्थ्य सेवामा पहुँच अभिबृद्धिका लागि स्वास्थ्य उपचार सहयोग विशेष कोष, महिला स्वास्थ्य स्वयं सेविकाहरुलाइ वार्षिक रुपमा एकमुष्ट छ हजारका दरले प्रोत्साहन रकममा प्रदान गर्न निती कार्यक्रम र बजेटमा व्यावस्था गरिएको छ ।

बर्थिङ सेन्टरमा कार्यरत करारका अ.न.मी.हरुलाई प्रोत्साहन गर्ने, स्वास्थ्य संस्थाहरुमा अत्यावश्यक औषधीको अभाव हुन नदिन गाउँपालिकाको तर्फबाट १५ लाख रुपैया विनियोजन गरिएको छ ।

मेडिकल कलेज, विभिन्न परोपकारी संस्थाहरुसँग समन्वय गरी वर्षमा चार पटक विशेषज्ञ सेवा सहितको स्वास्थ्य शिविरहरु सञ्चालन गर्ने, इस्मा स्वास्थ्य चौकीमा प्रयोगशाला सञ्चालन, साथै विशेषज्ञ डाक्टरहरुसँग परामर्श गर्न टेलिमेडिसिन सेवाको सुरुवात गरिने कार्यक्रम गाउँपालिकाले अगाडी बढाएको छ ।

विद्यालयका छात्राहरुलाई सेनेटरी प्याडको व्यवस्था

सामाजिक विकास अन्तरगत शिक्षा तर्फ निजी श्रोतका शिक्षकलाई व्यवस्थित, सामुदायिक विद्यालयहरुमा अंग्रेजी शिक्षालाई सुदृढिकरण, बाल विकास केन्द्रहरुलाई व्यवस्थित गर्ने, शैक्षिक गुणस्तर सुधारका लागि वाल मैत्री कक्षा सञ्चालन, प्रविधियुक्त सिकाइ, विद्यालयमा छात्राहरुको सुरक्षित महिनावारीका लागि स्यानेटरी प्याडको व्यवस्था, गरिब तथा जेहन्दार विद्यार्थीहरुलाई विद्यालय र उच्च शिक्षा अध्ययनको लागि छात्रबृत्तीको व्यवस्था बजेट र कार्यक्रममा गरिएको छ ।

खानेपानी तथा सरसफाई क्षेत्रमा प्रत्येक घरमा स्वच्छ खानेपानीको सुविधा उपलब्ध गराउन “एक घर एक धाराः टोलटोलमा संरक्षित मुहान र पधेरा” कार्यक्रम लागु हुने भएको छ ।साथै साना तथा अति आवश्यक भएको स्थानका खानेपानी योजनाहरु तथा सरसफाईका सम्बन्धी कार्यक्रम संचालन गर्नको गर्न एक करोड ३० हजार विनियोजन भएको छ ।

सामाजिक समावेशीकरण, संस्कृति प्रवद्र्धन र खेलकुद तथा मनोरञ्जन तर्फ दलित, जनजाति, महिला, वालवालिका, अपाङ्ग, जेष्ठ नागरिक, मुस्लिम तथा युवा वर्गलाई लक्षित गरी विभिन्न चेतनामूलक, सिपमूलक तथा आर्यआर्जनका कार्यक्रमलाई जोड दिइएको छ । सस्कृति संरक्षण, खेलकुद तथा मनोरञ्जन प्रर्वद्धनका लागी कुल ३३ लाख २३ हजार पाँच सय विनियोजन भएको छ ।

गाउँ गाउँमा प्राविधिक, समुहमा लगानीः घरघरमा उत्पादन

इस्मा गाउँपालिकाको निती तथा कार्यक्रम र बजेटले आर्थिक विकास तर्फ कृषी तथा पशुपालन, सहकारी र उद्योग बाणिज्यलाई अघि सारेको छ । जस अन्तरगत कृषी तर्फ गाउँ गाउँमा प्राविधिक, समुहमा लगानीः घरघरमा उत्पादन, व्यक्ति व्यक्तिमा आम्दानी” भन्ने अभियान ंसंचालन हुनेछ । यसले एक गाँउ एक व्यक्तिलाई प्राविधिक शिक्षा वा तालिम उपलव्ध गराउने छ ।

त्यस्तै “समृद्ध इस्माको आवश्यकताः कृषि र पशुपालनमा व्यवासायिकता” भन्ने नारालाई सार्थकता दिन पशुपालन र कृषिमा लगानी बढाउदै मासु, तरकारीमा आत्मनिर्भर हुने खालका कार्यक्रमलाई अगाडि वढाइने लक्ष्य गाउँपालिको रहेको छ ।

सहकारी, उद्योग तथा वाणिज्य तर्फ गाउँ गाउँमा साना तथा मझौला उद्योग स्थापनाका साथै अम्मरपुर राङदालचौरमा गेरु उद्योग सन्चालनका लागि सम्भाव्यता अध्ययनको कार्यलाई जोड दिइएको गाउँपालिका प्रमुख लक्ष्मण बिष्टले बताए । पर्यटन तर्फ ऐतिहासिक, धार्मिक महत्व बोकेको इस्माकोट दरबारको उचित संरक्षण, प्रवद्र्धन का लागि २५ लाख बजेट विनियोजन भएको छ ।

त्यस्तै वातावरण तथा विपत व्यावस्थापन तर्फ ४५ लाख २२ हजार एक सय २० र संस्थागत विकास तर्फ एक करोड १५ लाख २१ हजार रुपैयाँ बिनियोजन भएको गाउँपालिका प्रमुख बिष्टले बताए ।

 


बजेट तथा कार्यक्रम

कुन शिर्षकमा कति बजेट ?

इस्मा गाउँपालिकाको विनियोजन विधेयक –२०७४

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend