logo
  • शुक्रबार, असोज ९ २०८३

रित कुमार श्रेष्ठको “चाख्न बाकि छ” सार्वजनिक


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

कुमार “अविरल” पन्थी ।
लोक तथा दोहोरी गायक रित कुमार श्रेष्ठको लोकदोहोरी एल्वम “चाख्न बाकि छ” सार्वजनिक भएको छ । सँस्कृति म्यूजिक प्रालीको प्रस्तुति तथा मितेरी फिल्मस् साँस्कृतिक समुह दोहा कतारको सहयात्रामा “चाख्न बाकि छ” नामक गीति एल्बम युट्युब मार्फत सार्वजनिक गरिएको हो ।
नेपाली गित सङ्गीतको क्षेत्रमा माया प्रेम, मिलन बिछोड र ठट्यौली खालका गितहरुले चर्चा कमाउने गरिरहेकै बेला भर्खरै मात्र सार्वजनिक भएको “चाख्न बाकि छ” एल्बममा माया प्रेमका कुराहरुलाई ठट्यौली पाराले वर्णन गरिएको छ ।

गायक श्रेष्ठ र जुनु रिजालको आवाज रहेको गीति एल्बम “चाख्न बाकि छ” मा नेत्र अर्यालको शब्द रचना तथा श्रेष्ठ स्वयंको संगीत रहेको छ ।

चर्चित निर्देशक शंकर बि सीले निर्देशन गरेको भिडियोमा शंकर बि सी र मालती घलेको अभिनय रहेको छ । भिडियोलाई राजेश घिमिरेले छायांकन तथा नविन घर्ति मगरले सम्पादन गरेका छन ।

हेरौ गीतको भिडीयो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend