साझा नेटवर्क
टोपलाल अर्याल, गुल्मी भदौ २० ।
घरेलु मदिरा उत्पादन, सेवन र बिक्री वितरणले समाजमा विभिन्न विकृती र बिसंगती फैलिरहेको छ । जसका कारण थुप्रै घरेलु हिंसा, अपराध, चोरी डकैती र बलात्कार जस्ता घटना गुल्मीमा बढ्दै गएका छन् ।
सोहि कुरालाई मध्ये नजर गर्दै इस्मा गाउँपालिकाले घरेलु मदिरा उत्पाद र बिक्री वितरणलाई प्रतिबन्द लगाउने निर्णय गरेको थियो । सोहि निर्णय कार्यान्वयनको क्रममा इस्मा गाउँपालिका ४ दोहलीका केहि मदिरा पसलमा जनप्रतिनिधी सहितको प्रहरी टोलीले छापा मारेको छ ।
इस्मा गाउँपालिकाका वडाध्यक्ष गनु प्रसाद अधिकारी र इस्मा प्रहरीचौकीबाट खटिएको प्रहरीले टोलीले दोहलीको छेडा बजार, आसपासका पसल र घरहरुमा खानतलासी गरेको थियो । सो क्रममा दुई सय १० लिटर मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ (कोदोको पास) र आठ लिटर तयार भएको मदिरा बरामद गरेको प्रहरी चौकीका प्रहरी हबल्दार खीम बहादुर विकले बताए ।
वडाअध्यक्ष अधिकारी, प्रहरी टोली, दोहली महिला विकास समिति, बुद्ध ज्योति युवा क्लवका प्रतिनिधि र स्थानीय सरोकारवालाको रोहबरमा मदिर नष्ट गरिएको हबल्दार विकले बताए । सोहि स्थानमा राखिएका केहि गाँजा पनि फडानी गरेको प्रहरीले जनाएको छ ।
शुरुको चरण मदिरा मात्र बरामद गरी सुझाव र निर्देशन दिएको भएपनि पुन बिक्री वितरण भएको पाइएमा कानुन अनुसार कारबाहि गरिने वडाध्यक्ष गनुप्रसाद अधिकारीले बताए । ‘घरेलु मदिरा उत्पाद, सेवन र बिक्री वितरणका बिषयमा थुप्रै फोरमा छलफल भएको छ, निशेषित गरेरै छोड्छौ’, उनले भने, ‘अरु धेरै पसल निगरानीमा भएकाले झुक्याएर छापा मार्छौ ।
इजाजत प्राप्त गरेका पसलहरुको लागि पनि अहिले इस्मा गाउँपालिका सवै वडाहरुमा नियम बनाइएको छ । ‘वडाहरु आफै लागेका छन, निश्चित समय, व्यक्ति र एरिया समेत किटान भएको छ,’गाउँपालिकाका कार्यकारी अधिकृत सरोज पोख्रेलले भने,‘ हामी पनि छडके अनुगमन गर्छौ ।
जिल्ला प्रहरी कार्यालयको रेकर्डमा उल्लेख भएका घटना हेर्ने हो भने पनि अधिकाँश घटना घरेलु मदिराकै कारण भएको भेटिन्छ । त्यसैले पनि यो समाजका लागि निकै चुनौतिको बिषय बनेको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend