logo
  • शुक्रबार, असोज ९ २०८३

झविलाल सलामीको निधन यस क्षेत्रकै अभिभावक गुमाउनु परेको एमाले उपसचिव भुसालको टिप्पणी


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

कमल पौडेल ,बागलुङ भदौ १९।
बडिगाड गाउँपालिका वडा नं.२ सक्न्यार निवासी समाजसेवी झविलाल सलामीको ७८ वर्षको उमेरमा मृत्यू भएको छ।

साविक दगातुन्डाडा गाविस वडा नं.९ का वडा निर्वाचित वडा अध्यक्ष समेत रहनु भएको सलामी रेमली टोला प्राविको पूर्व व्यावस्थापन समितिको अध्यक्ष, नवप्रतिभा वचत तथा ऋण सहकारी संस्थाको पूर्व संचालक सदस्य, त्रिभुवन मावि खर्वाङका वरिष्ठ चन्दादाता, लब्दिपाखा सामुदायीक वन उपभोक्ता समितिका सल्लाहकारा,लफरे सिरसीरे खानेपानी उपभोक्ता समितिको पूर्व अध्यक्ष, ज्यांना सक्न्यार टुटिफेद मोटरवाटो समितिको पूर्व सदस्या, नेकपा एमाले वडा संगठन कमिटि सल्लाहकार लगाएतका पदहरुमा रहि काम गर्दै आउनु भएको थियो।

सलामीको आवाजमा रेडियो सारथीमा जिंगल समेत रहेको छ।सलामीको आइतवार भैरहवा मेडिकल कलेजमा उपचारको क्रममा निधन भएको परिवारले जनाएको छ। सलामीका ५ छोरा र २ छोरी रहेका छन्। सक्न्यार कै सामाजिक व्याक्तित्व तथा यस क्षेत्रकै अभिभावक गुमाउनु परेको जिल्ला समन्वय समिति बागलुङका उपाध्यक्ष तथा नेकपा एमाले बागलुङका उपसचिव विष्णु भुसालले वताउनु भएको छ।

भारतिय सेनावाट सेवा निवृत्त भए संगै २०५१ साल देखि नेकपा एमालेको पार्टि सदस्यता लिएका सलामी २०५४ सालको स्थानिय निकायको निर्वाचनमा वडा अध्यक्षमा निर्वाचित हुनु भएको थियो। पूर्व एमाले गाउँकमिटि सदस्य रहनुभएको सलामी निरन्तर सल्लाहकारको रुपमा रहँदै आएको नेकपा एमालेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend