साझा नेटवर्क
कमल पौडेल, बागलुङ भदौ १८ ।
गलकोट नगरपालिका ११ रिघाले आर्थिक वर्ष २०७४/७५ को लागी आइतवार निति तथा कार्यक्रम सार्वजनिक गरेको छ। आर्थिक वर्ष २०७४/७५ लागी १ करोड ३६ लाख ५० हजार वरावरको योजना निति तथा कार्यक्रमको सार्वजनिक गरिएको हो।
सो कार्यक्रममा वोल्दै गल्कोट नगरपालिकाका उपमेयर रेनुका काउचाले प्रस्तावित योजनाहरुको पारदर्शि ढंगले काम गर्नुपर्ने वताउनु भएको छ। त्यस्तै वडा अध्यक्ष डम्वर वहादुर श्रीसले यो वर्ष नपरेको योजनालाई अर्को वर्ष सम्बोधन गरिने वताउनु भएको थियो।
कार्यक्रममा निवर्तमान गाविस अध्यक्ष होम वहादुर श्रीस, नेपाली काग्रेसका संकर प्रसाद पुन, नेकपा एमालेका धन वहादुर पुन, नेकपा माओवादी केन्द्रका टंक खरेल, राप्रपाका भिम प्रसाद काउचा, रत्न लक्ष्मी माविका प्रअ दामोदर शर्मा, सहायक प्र.अ. तुल वहादुर श्रीस, नेपाल आदिवासी जनजाती महासंघका झलक कुमाल, महिला संजालका अध्यक्ष गंगा श्रीस, दलित प्रतिनिधि देव विक, युवा प्रतिनिधि धिरेन राजवंशि, भपू सैनिक संघका सुवेदार नरेन्द्र थापा घर्ति, उपाभोक्त तर्फवाट विष्णु कँडेल, समाजसेवी डिल वहादुर राकसकोटी, विद्यालय व्यावस्थापन वाट पूर्ण राकसकोटी, नेपाल मगर संघका भिमला घर्ति लगाएतले बोल्नु भएको थियो।
कार्यक्रममा चालु आर्थिक वर्षको लागी गलकोट नगरसभावाट पारित वजेट तथा योजनाको समिक्षा गर्दै प्रदेश तथा संघमा पठाउने योजनाहरुको प्राथमिकिकरण समेत गरिएको थियो। कार्यक्रममा सोहि वडा वाट निर्वाचित वडा सदस्य रुपा विक जिल्ला समन्वय समिति बागलुङमा निर्वाचित भएकोमा वधाई तथा सम्मान गरिएको थियो।
कार्यक्रम वडा अध्यक्ष डम्वर वहादुर श्रीसको अध्यक्षता, वडा सदस्य दल वहादुर वुढाथोकीको स्वागत मन्तव्य तथा वडा सचिव कर्म प्रसाद गौतमको संचालनमा सम्पन्न भएको थियो।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend