साझा नेटवर्क
कमल पौडेल, बागलुङ भदौ १७ ।
गलकोट नगरपालिका ११ रिघाले आर्थिक वर्ष २०७४/७५ को लागी आइतवार निति तथा कार्यक्रम सार्वजनिक गर्ने भएको छ। शनिवार बसेको वडा समितिको वैठकले सो निर्णय गरेको हो।
त्यस्तै वैठकले चालु आर्थिक वर्षको लागी गलकोट नगरसभावाट पारित वजेट तथा योजनाको समिक्षा गर्दै प्रदेश तथा संघमा पठाउने योजनाहरुको प्राथमिकिकरण गरेको छ। त्यस्तै बैठकले सोहि वडा वाट निर्वाचित वडा सदस्य रुपा विक जिल्ला समन्वय समिति बागलुङमा निर्वाचित भएकोमा वधाई तथा सम्मान गरेको छ।
गत वर्षको रिघा गाविसको आयव्यय हिसाव समिक्षा सहित पारित गरेको छ। बैठक वडा अध्यक्ष डम्वर वहादुर श्रीसको अध्यक्षता, वडा सदस्य श्याम श्रीसको स्वागत मन्तव्य तथा वडा सचिव कर्म प्रसाद गौतमको संचालनमा सम्पन्न भएको थियो।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend