साझा नेटवर्क
कमल पौडेल, बागलुङ भदौ १६ ।
जिल्ला समन्वय समिति बागलुङका उपप्रमुख विष्णु भुसालले जिल्ला भरको पालिकाहरुलाई समन्वय गर्दै समुन्नत र नमुना बागलुङ वनाउन लाग्ने वताउनु भएको छ।
बडिगाड गाउँपालिकामा भएको सम्मान तथा विदाई कार्यक्रममा वोल्दै भुसालले आफुलाई वडिगाडका जनताले चुनेकोले जनताको आषा र अपेक्षा अनुरुप काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो।
बडिगाड गाउँपालिका भित्रका जनप्रतिनिधि सक्षम भएकोले योजना सहित बजेट कार्यान्वयनमा लाग्नु पर्ने वताउनु भएको छ । समृद्ध वडिगाडको लागी आफूले कुनै कसर वाँकी नराख्ने र पालिकाकै समन्वयमा निरन्तर लाग्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभएको छ।
कार्यक्रममा बडिगाड गाउँपालिकाका अध्यक्ष मेयर सिंह पाइजाले भुसालको सफल कार्यकालको शुभकामना व्यक्त गर्दै सम्मान पत्र, दोसल्ला र मायाको चिनो सहित सम्मान गर्नुभएको थियो।
बडिगाड गाउँपालिका वडा नं. २ को वडा अध्यक्ष तथा गाउँकार्यपालिकाका सदस्य र प्रवक्त समेत रहनुभएका भुसाल श्रावण २० गते भएको जिल्ला समन्वय समितिको निर्वाचनबाट उपाध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको थियो।
बडिगाड गाउँकार्यपालिकाका सदस्यहरुको सहभागिता रहेको कार्यक्रममा पालिका अध्यक्ष मेयरसिंह पाइजाको अध्यक्षता तथा कार्यकारी अधिकृत दुर्गा पौडेलको संचालनमा सम्पन्न भएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend