logo
  • शनिबार, भाद्र २० २०८३

गैर आवासीय नेपाली संघ कतारको निर्वाचन सम्पन्न


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

दीलिप पराजुली, दोहा ।
गैह्र आवसीय नेपाली संघ रास्ट्रिय समन्वय परिषद्को कतारको सातौं निर्बाचन सम्पन्न भएको छ । जम्मा मतादाता संख्या २३१० भएता पनि १७४४ ले मतदानमा भाग लिएको निर्बाचन समितिका संयोजक कमलमणि गुरागाईले बताए ।

नेपाली दूतावास कतारको परिसर भित्र शान्तिपुर्ण तरिकाले भएको मतादानमा दिनभरी नै मतादताहरुको बाक्लो उपस्थिति रहेको थियो । मतगणना अहिले राति दश बजे बाट शुरु हुने निर्वाचन समितिले जनाएको छ ।

निर्वाचनमा प्रदेश नम्बर १ बाट ४२७, प्रदेश नम्बर २ बाट १९१ , प्रदेश नम्बर ३ बाट १९६, प्रदेश नम्बर ४ बाट ३६८, प्रदेश नम्बर ५ बाट ४३९ र प्रदेश नम्बर ६ र ७ बाट १२३ मत खसेको निर्वाचन समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend