logo
  • शनिबार, असोज १० २०८३

गुल्मीको मुसिकोटमा झण्डै साढे ४ सय घरधुरी अध्यारोमा


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

अनिश शर्मा गैरे, गुल्मी भदौ १४।
मुसिकोट नगरपालिकाका झण्डै साढे ४ सय घरधुरीले बत्ती बाल्न नपाएको पाइएको छ । आगामी आश्विन १ गते मुसिकोटलाइ उज्यालो नगरपालिका घोषणा गर्ने तयारी भइरहँदा संकलन गरीएको तथ्याङ्क अनुसार मुसिकोट नगरपालिकामा ४४२ घरमा बिद्युत पुग्न नसकेको पाइएको हो ।

जसअनुसार साविकका वडागाँउ अर्थात हालको वडा नम्बर ४ मा सबैभन्दा धेरै घरधुरी अन्धकारमा बस्ने बाध्यता भएको पाइएको छ । जहाँ ८० भन्दा बढी घरधुरीहरु अध्यारोमा बस्ने गरेका मुसिकोटका मेयर सोमनाथ सापकोटाले जानकारी दिनुभयो । सबैभन्दा कम बत्ती नपुगेका घरधुरी मध्ये वडा नम्बर ७ परेको छ । सो वडामा जम्मा १२ परिवारहरु बत्ती बाल्न नपाएका भेटिएका हुन ।

उता आर्थिक को चरम अभाव भएका कारण बत्ती बाल्न नपाउनुको पीडा त छँदै त, त्यसैमाथी मुसिकोट को वडा नम्बर १ अर्थात पौदी अमराइ र नेटा क्षेत्रमा कम्तीमा ३० हजार बराबरको बिद्युतमा शेयर नभएका हरुलाइ बत्ती नदिइएको कारण पनि जनताहरुले बत्ती बाल्न नपाएको भेटिएको जनाइएको छ ।

उज्यालो नगपालिका घोषणा गर्नको लागि बिद्युत नपुगेका घरमा निशुल्क रुपमा मिटर र तारको ब्यबस्था गरीदिने तथा बिद्युत बितरकलाइ निशुल्क जडानको ब्यबस्था मिलाइदिन आग्रह गरिएको छ । डेढ सय मिटर भन्दा बढी दुरीबाट बिद्युत जडान गर्नुपर्ने भएमा सोलारको ब्यबस्था गरिदिने मेयर सापकोटाको भनाइ छ ।

नगरपालिका भित्रमा बिद्युत पुगेर मात्र उज्यालो नगरपालिका योजना पुर्ण भएको मान्न सकिदैन । किनभने वामीमा सञ्चालित दुइ बिद्युतहरु निकै अनियमित हुने गरेका छन । दिनमा १० पटक भन्दा बढी यी बिद्युतहरु अवरुद्ध हुन्छन । यो समस्या समाधानको लागि एक बर्ष भित्रमा केन्द्रिय प्रशारण लाइन बिस्तार गरीने भएको छ ।

अहिले चलेका दुइ बिद्युतलाइ केन्द्रिय प्रशारणमा कनेक्ट गरीने र एक बर्षमा प्रत्येक घरमा केन्द्रिय लाइन पुर्याइने सापकोटाले बताउनुभयो । यो उज्यालो नगरपालिका घोषणा मुसिकोट नगरपालिकाको पहिलो सम्पन्न हुन लागेको योजना हो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend